• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

विदेशमा ज्यान गुमाएकाको परिवारलाई  तीन लाख

एजेन्सी। रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ । तीन महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो । 

दक्षिण अफ्रिकामा पुलिस विभागमा कार्यरत रामप्रसाद पन्तको पहलमा सोही देशमा कार्यरत नेपालीबाट संकलन गरिएको रकम मृतकमा पिता भीमप्रसाद प्रधानलाई हस्तान्तरण गरिएको हो । 

“२७ वर्षको अल्पायुमै विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको परिवारलाई परेको दुःखमा सान्त्वना दिनका लागि सानो सहयोग संकलन गरी हस्तान्तरण गरेका छौं” पहलकर्ता पन्तले भने, “यो रकमले ५ वर्षीया छोरीको शिक्षा दिक्षामा केही सहयोग हुने विश्वास लिएको छु ।” 

झण्डै तीन महिनाअघि विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याई पुर्याउन तीन साता लागेको थियो । 

प्रतिकृया दिनुहोस

कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

दोहा — करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।  सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई

मंसिरदेखि मलेसियामा रोजगारी खुल्दै

काठमाडौं । वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदार ठगीमा संलग्न संस्थाहरु खारेज गरिने भएको छ । दुई साता अघि मलेसिया संग भएको कामदार भर्ना,

वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

काठमाडौं ।चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक