कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

काठमाडाैं । संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो ।
संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको स्थिति क्रमशः सहज हुँदै जाने मन्त्रालयको विश्लेषण छ ।
‘दरबन्दी निर्धारण कार्य अन्तिम चरणमा पुगेको छ । संघ, प्रदेशमा कति कर्मचारी रहने हो, त्यसको अन्तिम टुंगो एक दुई दिनमा लाग्नेछ ।’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने ।

आईतबारदेखि राजीनामा या सेवा बहिष्कार दुईमा एक हुन्छ : सरकारी चिकित्सक
काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेको भन्दै आईतबारदेखि

सांसदले थाहा नपाइकनै कर्मचारी समायोजन विधेयक समितिबाट पास
काठमाडौँ । राज्य व्यवस्था समितिको बैठकबाट सांसदलाई जानकारी नदिइकनै कर्मचारी समायोजन विधेयक पास भएको छ। शुक्रबार राज्य व्यवस्था समिति

प्रधानसेनापतिद्वारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा
काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् । जङ्गी अड्डा
प्रतिकृया दिनुहोस