• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

सुनकेशरीले भुलिछन् मातृभाषा ! ९ वर्षपछि परिवारसँग मिलन

काठमाडाैं । नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन ।

कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले पुरानो लवजमा बोल्न सकिनन् ।

बिस्तारै आफ्नो भाषा र शब्द बिर्सिंदै गएकी उनले बोलेका सबै शब्द अरबी भाषाका थिए ।

तर दाजु खेम र भाइ वीरकाजीलाई सुनकेशरीका शब्दसँग मतलब थिएन । मतलब थियो त बेपत्ता बहिनीलाई जिउँदो भेट्नुसँग । ‘हामीले उनलाई धेरै खोज्यौं, फेला पार्न नसकेपछि माया मारिसकेका थियौं,’ वीरकाजीले भने, ‘एकैपटक गोरखाका प्रमुख जिल्ला अधिकारीले फोन गरेपछि पो अचम्ममा पर्‍यौं ।’

उहिया–८, गोरखाकी सुनकेशरी २००९ को मार्चमा कुवेत गएकी थिइन् । कुवेत गएदेखि नै परिवारसँग उनको सम्पर्क टुटेको थियो । कुवेती साहुले पनि परिवारसँग कहिल्यै सम्पर्क गर्न दिएका थिएनन् । ‘मलाई घर फर्किन मन थियो, बुबा–आमासँग कुरा गर्न ठूलो मन थियो,’ सुनकेशरीले भनिन्, ‘तर मालिकले कहिल्यै फोन गर्न दिएन ।’

कुवेतमा रहेका अन्य नेपालीसँग पनि उनको सम्पर्क हुन सकेन । राहदानी म्याद सकिएर नवीकरण गर्न कुवेती साहु आएपछि मात्रै सुनकेशरीबारे दूतावासले जानकारी पाएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

डा. केसीलाई बोकेको हेलिकोप्टर टुडिखेलमा अवतरण

  काठमाडौं, साउन । डा. गोविन्द केसीलाई बोकेर जुम्लाबाट हिँडेको सैनिक हेलिकोप्टर काठमाडौंको टुँडिखेलमा अवतरण गराईएको छ ।  डा. केसीलाई दिउँसै ल्याई

बाहिर जुम्ली महिला र भित्र चिकित्सक विद्यार्थी एवं कर्मचारीको अवरोध

जुम्ला, साउन  । २० दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीलाई अपहरण शैलीमा जवरजस्ती काठमाडौं ल्याउने तयारी सरकारले एकतर्फी रुपले गरेपछि जुम्लका

डा. केसी भन्छन : 'अपहरण गरेर सरकार काठमाडौं लान खोज्दैछ'

जुम्ला,  साउन । चिकित्सा शिक्षा सुरधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमविविएस डाक्टरी पढाइ सुरु गर्नुपर्नेलागायतका माग राखेर