• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

बेल्जियमलार्इ हराउँदै फ्रान्स फाइनल प्रवेश

काठमाडौ । रूसमा जारी विश्वकप फुटबल अन्र्तगत अन्तिम गएराति भएको खेलमा जित हात पार्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइन खेलमा बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्स उपाधि नजिक पुगेको हो । 

 

फ्रान्सको जितमा सामुएल उम्टीटी नायक बने । उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो । सेन्ट पिटसवर्ग रंगशालामा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल भिडन्तमा खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पुर्याउन पर्याप्त भयो । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि दोस्रो हाफमा फ्रान्सलाई जिताउने क्रममा खेलको ५१ औँ मिनेटमा कर्णर बललाई सदुपयोग गर्दै स्यामुएल युमिटीले जाली चुमाएका थिए ।

 

एन्टोइन ग्रिजमनले दिएको कर्णर बललाई हेडरमार्फत युमिटीले जाली चुमाएपछि फ्रान्स १–० ले विजयी हुँदै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा २००६ यता पहिलो पटक सेमिफाइलनमा पुगेको फ्रान्सलाई फाइनलमा पुर्याउन त्यही गोल नै पर्याप्त भयो । 

 

पहिलो हाफमा बेल्जियमले खेलमा दबाब राखे पनि दुवैतर्फबाट भएका गोल प्रयास सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यस जीतका साथ फ्रान्सले तेस्रो पटक विश्व कपको फाइनलमा स्थान बनायो । सन् १९९८ र सन् २००६ मा उसले फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो । 

 

विश्वकपको फाइनलमा प्रवेश गरेसँगै फ्रान्स अब उपाधि उचाल्नबाट एक कदम पछि मात्रै छ । यता फ्रान्ससँग पराजित भएसँगै बेल्जियमले भने पहिलो पटक फाइनलमा पुग्ने अवसर गुमाएको छ । अब फ्रान्सले उपाधिका लागि आज राति हुने इङ्ल्यान्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग जुलाई १५ मा मस्कोमा भिडन्त गर्नेछ । 

प्रतिकृया दिनुहोस

ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोली 

काठमाडौं । नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टोली विहीबार इंग्ल्याण्ड प्रस्थान गर्ने भएको हो । बुधबार एक कार्यक्रमबीच टोलीको सफलताको

शक्ति गाैचनको १६ वर्षे करियर कस्तो ? 

काठमाडौं । शक्ति गौचनको नेपाली क्रिकेटमा १६ वर्षे करियर नामजस्तै शक्तिशाली रह्यो । इंग्ल्यान्डको लर्डसमा हुन लागेको टि—२० क्रिकेट सिरिज र

खडक वारियर्सले जित्यो उपाधि

सप्तरी । प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट