• आज : Monday 28 May 2018
    1:20:01 NST

उत्तर र दक्षिणको कठपुतली बन्दा देश द्वन्द्वमा जान्छ : डा.बाबुराम भट्टराई

 
 
निरपेक्ष भाव देखिन्थ्यो डा बाबुराम भट्टराईको अनुहारमा । भर्खरैको चुनावमा उनले जितेका थिए, उनको पार्टीले हारेको थियो । २०७२ असोजमा संविधान जारी भएलगत्तै माओवादी पार्टी त्यागेर वैकल्पिक ‘नयाँ शक्ति पार्टी’ बनाइछोड्ने उनको आह्वानलाई मतदाताले भर्खरैका तीन तह चुनावमार्फत उत्साहपूर्वक लिएनन् । विशालनगर निवासमा शनिबार दिउँसो अन्नपूर्णसँग संवादका क्रममा उनले खुला(खुला सकारे( पार्टी स्थापनायताका आफ्ना रणनीतिहरू त्रुटिपूर्ण भएकाले पराजय भोग्नुपर्‍यो । उनले फागुन दोस्रो साता लुम्बिनीमा विस्तारित बैठक राखेर पूरा समीक्षा गर्ने सुनाए । 
अनि संघीयता कार्यान्वयन र आर्थिक समृद्धिका एजेन्डामा ठूला पार्टीहरू स्पष्ट नरहेको भन्दै त्यसले ल्याउन सक्ने जटिलताबारे संकेत गरे । अन्त्यमा, भारत र चीनबीच बढ्दो तनावका कारण नेपालले अपनाउनुपर्ने मार्गचित्र पनि औंल्याए । पूर्वप्रधानमन्त्री भट्टराईसँग राजाराम गौतम र बसन्त बस्नेतको कुराकानी :
तपाईं पहिले - पहिले ‘जसको नीति उसको नेतृत्व’ भन्नुहुन्थ्यो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन भयो, तर तपाईं किन बाहिर पर्नुभयो ?
 
इतिहासमा अक्सर यस्तो हुन्छ । नीति विचार निर्माण गर्ने मानिसहरू थोरै हुन्छन् । त्यसलाई व्यवहारमा प्रयोग र विकास गर्दै जाँदा आन्दोलन हुन्छ । आन्दोलनले नेतृत्व निर्माण गर्छ । कतिपयले लोकतन्त्र र वामपन्थ फरक छन् भन्छन् । संविधानसभाबाट हामीले राजनीतिक लोकतन्त्रको सापेक्ष प्राप्ति गर्‍यौं । त्यसलाई अझै उन्नत बनाउन केही समयलाई अब आर्थिक लोकतन्त्रमा जोड दिनुपर्छ । 
मैले त्यसैलाई ‘समृद्धि’ भनेर परिभाषित गर्न खोजेको हो । तर नेपालमा हाम्रो अल्पचेतना र न्यून सांस्कृतिक स्तरले गर्दा विषयवस्तु गहनतामा नगई सतही रूपमा पदावलीलाई टिप्ने, त्यसैका पछाडि छिनाझपडी गर्ने चलन छ । त्यसैले हाम्रो समृद्धीकरणको शब्दचाहिँ सबैले ग्रहण गरे । तर नेपाल किन समृद्ध हुन सकेन, अब समृद्धि बनाउन चुनौती के(के हुन् भन्ने विषयमा अझै छलफल पुगेको छैन ।
चुनावमा वाम गठबन्धनले स्थिर सरकारको जनादेश पायो । तपाईंका एजेन्डा त अब यसैले अघि बढाउला नि ?
कुनै पनि राज्य शून्यमा रहन सक्दैन । अग्रगामी विकल्प पाएन भने बरु कहिलेकाहीं पछाडि नै फर्कने विकल्पमा पनि जाला । हामीकहाँ मुख्य चुनावी प्रतिस्पर्धा पुरानै शक्तिहरूबीचमा भइरहेको थियो । उनीहरूले आफूलाई कम्युनिस्ट ब्रान्डमा उभ्याउँदै आए पनि खासमा पुरानै शक्ति हुन् । कांग्रेस र कम्युनिस्ट ब्रान्डको सारतत्वमा अब त्यति अन्तर छैन । 
हिजो शीतयुद्धकालमा उदारवादी लोकतन्त्र र साम्यवादी विचारका दुई भिन्न पक्षधरका रूपमा कांग्रेस र कम्युनिस्ट आएका थिए । यहाँसम्म आइपुग्दा कांग्रेस पनि हिजोको बाटोमा रहेन, कम्युनिस्ट पनि छैनन् । अहिलेको प्रतिस्पर्धा विचारमा भन्दा पनि को बलियो छ भन्नेमा हो । आफूलाई कम्युनिस्ट भन्नेहरूले आज बहुमत पाए पनि देशका समस्या उनीहरूले समाधान गर्छन् भन्नेमा मलाई शंका छ ।
 
तपार्ईं आफैं वाम गठबन्धनको एक अभियन्ता भएर आइसक्नुभएको थियो । किन एक्कासि पछि हट्नुभएको ?
हामीले दुई वर्षअघि वाम(लोकतान्त्रिक शक्ति र समुन्नत समाजवादी शक्तिका रूपमा नयाँ शक्तिको परिकल्पना गरी अभियान थाल्यौं । त्यसपछि तीनवटा चुनाव सँगसँगै आए । अत्यन्तै षड्यन्त्रमूलक ढंगले चुनाव चिह्नबाट हामीलाई वञ्चित गरियो । त्यसपछि हामीले चिह्नका लागि पुरानै शक्तिहरूसँग सहकार्य गर्ने जुन नीति लिन बाध्य भयौं, त्यसपछि नै नयाँ शक्ति निर्माण अभियान लिकबाट अलिकति बाहिर गयो । 
हामी कहिले कता, कहिले कताजस्तो देखिन पुग्यौं । अभियानमा गतिरोध आयो । त्यहीबेला समाजवादी ध्रुवीकरण हुन्छ कि भन्ने किसिमको संकेत देखिन गयो । संघीय समाजवादी फोरम, माओवादी, एमाले र नयाँ शक्तिले आफूलाई नयाँ समाजवादी शक्ति वा वाम लोकतान्त्रिक शक्तिमा रूपान्तरण गर्ने सम्भावना हुन्छ कि भनेर असोज १७ मा हामी त्यसमा सहभागी भयौं । तर तुरुन्तै कस्तो परिस्थिति देखा पर्‍यो भने नयाँ समाजवादी शक्ति बनाउनुको साटो पुरानै दलहरू मिल्ने अनि बैंकहरूको मर्जरजस्तो गरेर बजार कब्जा गर्न  स्थिति देखियो । 
पार्टी मर्जर गरेर मत कब्जा गर्न गरिएको गठबन्धन भएको आभास हामीलाई भयो । त्यसले तत्काललाई फाइदा पुगे पनि समाधान दिँदैनथ्यो । सानो पुरानो शक्तिको विकल्पमा ठूलो पुरानो शक्ति बनाएर अर्थ हुँदैनथ्यो । त्यसैले हामी फर्कन बाध्य भयौं । चुनावको मुखमा हामीसँग विकल्प थिएन । त्यसैले सामान्य किसिमका तालमेल गरेर अस्तित्व रक्षा गर्न हामी लाग्यौं । हामी अझै पनि वैकल्पिक शक्ति निर्माण गरिछोड्ने अभियानमा छौं ।
असोज १७ को सहमतिपत्रमा हस्ताक्षर गर्दा तपाईंलाई एमाले र माओवादी अब तपाईंले खोजेजस्तै पार्टी बन्छन् भन्ने साँच्चिकै परेको थियो ?
खासमा हामीले उपेन्द्र यादवको फोरम, प्रचण्डको माओवादी र नयाँ शक्तिका बीचमा भित्री कुराकानी गरेर नयाँ ढंगले तालमेल प्रयास गरिसकेका थियौं । असोज १४ गते यी तीन पक्षका बीचमा तालमेल गर्ने समझदारी भएको थियो । तर एमाले र माअ‍ोवादीबीच अलग्गै ढंगले वार्ता प्रक्रिया अघि बढिरहेको रहेछ । १७ गते उहाँहरूले त्यसको घोषणा गर्ने तयारी पनि गर्नुभएछ । हामीले बुझ्यौं( एमाले पनि त्यसमा सहभागी हुन्छ र नयाँ खालको समाजवादी धार निर्माण हुन सक्छ । 
म आफूले पनि ओलीजीसँग कुरा गर्दा उहाँले त्यस्तै किसिमको आभास दिनुभयो । हामीले पनि सहज विश्वास गरिहाल्यौं । अन्तर्यमा त्यस्तो होइन रहेछ । हामी अलिकति भ्रमित हुन पुगेछौं ।दोस्रो सेटब्याक भएछ, किनकि पहिलो सेटब्याक त उपेन्द्रसँग सहकार्य प्रयासमै भइसकेको थियो ।
हो, हामीलाई चुनाव चिह्न नदिइनु अलोकतान्त्रिक र षड्यन्त्रमूलक हर्कत थियो । त्यसैले हामी पुराना शक्तिसँग तालमेल गरेर जाने बाध्यात्मक स्थितिमा थियौं । त्यसैको शृंखलामा वाम तालमेल अनि लगत्तै कांग्रेससँग तालमेल( यी तीनवटा प्रसंग एउटै कडी थिए । यी हाम्रो चाहना र रुचिभन्दा पनि बाध्यताका उपज थिए । बीचमा वामसँग नयाँ ध्रुवीकरण बन्छ कि भन्ने सम्भावनालाई अलि रणनीतिक ढंगले सोच्न खोज्यौं, तर त्यस्तो देखा परेन।
उसो भए यो वैचारिक प्रश्नभन्दा पनि नेतृत्वको इगो व्यवस्थापनको विषयजस्तो देखिन पुगेछ ?
मेरो सन्दर्भमा त्यस्तो हुँदैन । कुनै पनि पदमा नबसे पनि काम गर्न जहिल्यै तयार हुन्छु । यो देशको सामाजिक विकासक्रम, भूराजनीतिक जटिलता हल गरेर समाधान दिने कुरा मुख्य कुरा हो, मेरा लागि । त्यसैले नयाँ विचार, नीतिसहितको नयाँ शक्ति परिकल्पना गरेका हौं ।
अहिले वाम शक्ति बलियो भएका बेला तपार्इंंका विचारलाई यसैभित्र सम्बोधन गर्न सकिन्न ?
सामान्य सुधार त जहिल्यै गर्न सकिन्छ । पञ्चायतका बेलामा पनि सामान्य सुधारका काम भएका थिए । केशरजंग रायमाझीलगायत कतिपय वामपन्थीले यसै कारण पञ्चायतभित्र सुधार खोज्ने प्रयास पनि गरे । पछि नेपाली कांग्रेसको एउटा तप्काले पञ्चायतभित्र अलिअलि सुधार कोसिस गर्‍यो । तर त्यसले आधारभूत समस्या हल भएन ।अहिलेको अवस्थालाई पञ्चायतसँग तुलना गर्न मिल्छ र ?
 
संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनसम्म मैले महत्वपूर्ण भूमिका निर्वाह गरें । तर म फेरि जोड दिएर भन्न चाहन्छु( नेपालको भूराजनीतिक जटिलताका कारण कुनै पनि क्रान्तिलाई हामीलेतर गठबन्धनका मुख्य नेता ओलीले तपाईंको पनि भूमिका खोजिरहेको गाइँगुइँ छ नि ?
 
भेटघाट भएको हो तर बाबुराम भट्टराईले त्यहाँ प्रवेश गरेर भूमिका खेल्ने त कल्पनाबाहिरकै कुरा हो । हुन त म भूमिका नलिई भुइँतहमै बसेर काम गर्न सक्ने पनि मानिस हुँ । तर म देखिरहेको छु, यो संविधानले संघीय गणतन्त्रका जुन मान्यता प्रतिपादन गरेको छ, त्यसलाई यिनै शक्तिबाट कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा प्रश्न छ । 
अहिले तोकिएका अस्थायी प्रादेशिक मुकामलाई आगामी प्रदेश सभाले फेर्न त सक्छ । तर अहिले तोक्ने बेलामै जुन सुझबुझ देखाउनुपथ्र्यो, त्यो त देखिएन । प्रदेश २ र ४ को राजधानीचाहिँ संघीयताको मर्मअनुरूप देखिन्छ । मुख्य जातिको थातथलोमा राख्नु नै संघीयताको मूल मर्म थियो । अरूमा चाहिँ न त क्षेत्रीय सन्तुलन मिलाइएको छ, न त जातीय थातथलो मिल्छ । यसले पुराना राजनीतिक शक्तिहरूमा संघीयतासम्बन्धी बुझाइमा गम्भीर त्रुटि छ भन्ने देखाउँछ । आगामी दिनमा यसले समस्या ल्याउनेछ ।
यी असहमतिहरूका बीच तपाईं वाम एकता प्रक्रियामा जाने सम्भावना कति बाँकी होला ?
राजनीतिक लोकतन्त्रलाई अझै उन्नत बनाउन विकास र समृद्धिको एउटा चरणबाट गुज्रनुपर्छ । जुन ढंगले नीतिहरू अघि सार्न सक्नुपर्छ अनि जसरी देशभित्रको आन्तरिक एकता र भूराजनीतिक सन्तुलन मिलाउन सक्नुपर्छ, त्यतापट्टि पनि यी पुराना शक्तिहरूको ध्यान गएको देख्दिनँ । त्यसैले यी शक्तिहरूबाट यो संविधान ठीक ढंगले कार्यान्वयन भएर देश शान्ति र समृद्धिको दिशामा अघि बढ्ने सम्भावना म देख्दिनँ । त्यसैले त्यहाँ सामेल हुने सम्भावना छैन । दलहरूको जुन चिन्तन र चरित्र छ, त्यसबाट विकास र समृद्धि हुँदैन । उहाँहरूले रूपमा वाम भने पनि सारमा म मान्दिनँ ।
एमालेका सबैजसो नेताहरू शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गर्नुहुन्छ । जबकि यी दुई क्षेत्र मुनाफाका क्षेत्र नै होइनन् । यी त सेवाका क्षेत्र हुन् । यसैमा मुनाफा लिएर पार्टी र नेता चलाउने परिपाटी रहेसम्म उहाँहरूले कसरी विकास र समृद्धि ल्याउनुहुन्छ रु अहिले डा। गोविन्द केसीले जुन अभियान चलाउनुभयो, त्यसमा हामीजस्ता मानिसहरू साथ दिन लागिरहेका छौं । 
त्यसैले शिक्षा र स्वास्थ्यलाई हेर्ने ‘वाम’ हरूको सोच नै वामपन्थी छैन । कुन क्षेत्रचाहिँ राज्यले हेर्ने हो र कुनचाहिँ निजी क्षेत्रले भन्नेमा उहाँहरूको प्रस्टता छैन । यस्तो अन्योलले विकास र समृद्धि हुँदैन । विकास, पूर्वाधार, बिजुली, पानी, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र राज्यले हेर्नुपर्छ । कृषि, पर्यटन, सेवा, उद्योगचाहिँ निजी क्षेत्रले लिनुपर्छ भन्ने मेरो भनाइ हो ।
सहकार्य पनि सम्भव छैन ?
उहाँहरूमा रूपान्तरण होला भन्ने झीनो आशा मैले असोज १७ गते लिएको थिएँ । फोरम, माओवादी, एमाले र नयाँ शक्ति मिलेर नयाँ समाजवादी शक्ति बनाउने सम्भावना अब अन्त्य भयो । उहाँहरूको एकता अभियानमा विचारको बहस छैन, कसले के पद लिने भन्ने मात्रै छ । यसले रूपान्तरण, ध्रुवीकरण होइन, बैंकको मर्जरमा सीईओ र चेयरम्यान को हुने भन्ने किसिमको संकेतमात्रै गर्छ । यसले नयाँपन दिँदैन ।
फोरमसँग एकता प्रक्रिया त घाँटी -घाँटीमै आइसकेको थियो होइन ? एकताको मितिमात्रै घोषणा गर्न बाँकी थियो भन्नुहुन्थ्यो ।
त्यसमा पनि हाम्रो आलोकाँचोपन देखापर्‍यो । कतिपय मुद्दाहरू टुंगिन बाँकी नै थिए । साथीहरूले हौसिएर भनिहाल्नुभयो । स्थापनाकालमा अति उत्साही भएर प्रवेश गर्ने साथीहरूले नयाँ शक्तिको मर्म बुझ्नुभएको रहेनछ । नयाँ शक्तिलाई घोडा बनाएर छिटै सत्ताको भर्‍याङ चढ्ने उहाँहरूको मनसाय रहेछ । मैले पनि बुझाउन सकेनछु । वैकल्पिक धार बनाउने अभियानले केही समय लिन्छ है भनेर बुझाउन सकिएन । पुराना शक्तिहरूसँग तालमेल गर्ने सोच त्रुटिपूर्ण रह्यो । त्यसले हाम्रो नयाँ वैकल्पिक पहिचान गुम्न पुग्यो ।
साभारः अन्नपूर्णपोष्ट डट कम
 
 

Comment

Related News