• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019

"गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउन लागौ "

काँग्रेस गुटबन्दीले कमजोर


काठमाडौँ,  असार । पार्टी एकढिक्का भए काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताएका छन । 
सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उनले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याए । 
महामन्त्री डा कोइरालाले आफू सधँै गुटबन्दी अन्त्य गर्दै बलियो काँग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताए । 
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै त्यसको प्रतिवाद गर्नसक्ने गरी काँग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, महामन्त्री आनन्द त्रिपाठी लगायतले अहिले काँग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न सबै एक हुनुपर्नेमा जोड दिए । 
 

प्रतिकृया दिनुहोस

सरकारविरुद्ध काँग्रेसका भातृसंस्था : काठमाडौंमा नेविसंघ, विराटनगरमा तरुण दलको विरोध

  काठमाडौं । संसदमा सत्तापक्षले पेलेर जाने रणनीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संस्थाहरु सडकमा आएका छन् । दुई तिहाई

गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बाैँका जमिन

जनकपुर – हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी

१६१ ऐन संशोधन प्रस्ताव

काठमाडौं । सरकारले एकसाथ थुप्रै ऐनका प्रावधान संशोधन तथा खारेजीको तयारी गरेको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १६१ ऐन संशोधन