• सोमबार ६-८-२०७५/Monday 09-24-2018

"देश राणा र पञ्चायतभन्दा निरंकुश बाटोमा"

सरकार लोकप्रियताबादमार्फत सर्बसत्ताबादतर्फ लम्कियो

काठमाडौं, असार। मुलुक राणा र पञ्चायती युगभन्दा पनि निरंकुश बाटोमा अग्रासर भएको नेपाली काँग्रेसका नेता  डा. शेखर कोइरालाले बताएका छन्।  राजधानीमा मंगलबार  ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै कोईरालाले बर्तमान सरकार लोकप्रियताबादमार्फत सर्बसत्ताबादर्फ लम्किएकाले प्रजातन्त्रका लागि पुन एकपटक लड्ने दिन आउन लागेको बताए।
‘मुलुक राणा र पंचायतीयुग भन्दा पनि निरंकुश बाटोमा प्रवेश गर्न लाग्दैछ, सरकार लोकप्रियताबाद मार्फत सर्बसत्ताबादतर्फ लम्केकाले प्रजातन्त्रका लागि पुन एकपटक लड्ने दिन आउँदैछ,’ कोइरालाले भने । 

उनले सरकारले रेल र पानी जहाजको कुरा गरेर नेपाली जनताको टाउकोमा ऋणको भार बोकाउन लागेको समेत बताए ।  हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौं, तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउँन हामी चाहन्नौं,’ कोइरालाले थपे । 
कोइरालाले काँग्रेस गुटबन्दीका कारण ईतिहासमै कमजोर बनेको समेत बताए। उनले विधानसंगत तरिकाबाट पार्टी चलाए मात्रै पार्टी एकता हुने बताए। 
कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोईराला,पुरुषोत्तम वस्नेत, डा तुल्सी भट्टराईलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उमा शर्माको योगदानका बारेमा चर्चा गरेका थिए । 
प्रजातन्त्र सेनानी उमा शर्माले नोना कोईरालाको निधनपछि बिराटनगरस्थित कोईराला निवासको रेखदेख र हेरचाह गर्दै आएकी थिइन । शर्माको २०७३ साल असारमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

कांग्रेसमा अब चारथरी सदस्य

काठमाडौं । नेपाली कांग्रेसमा अब चारथरी सदस्य हुने भएका छन् । यस अघि साधारण र क्रियाशील गरी दुई तहका सदस्य रहेकोमा अब साधारण, क्रियाशील, सम्मानित र

समाजिक सञ्जालको सदुपयोग गरौं – राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी

‘अरिङ्गाल’को आलोचनापछि प्रधानमन्त्रीको ‘मौरी’ मोह !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो