• सोमबार ६-८-२०७५/Monday 09-24-2018

जनता बैंक र एलआइसीबीच बैंकासुरेन्स सेवा सम्झौता


काठमाडौ, असार । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्यूरेन्स कर्पोरेसन  लिमिटेडबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा सम्झौता  पनि सम्पन्न भएको हो ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्यूरेन्स कर्पोरेसका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री अभिजित घोष दस्तिदारले बैंकासुरेन्स सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । 
यस सम्झौता पश्चात ग्राहकले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
जनता बैंकले हाल देशभरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्गइकाई, २ सिमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 


 

प्रतिकृया दिनुहोस

कहाँ कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट ?

काठमाडौं । दशैँका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बराबरको नयाँ नोट निष्कासन गर्ने भएको छ । असोज २१ गतेदेखि सर्वसाधारणलाई

सुपथ मूल्य पसल कहाँ कहाँ खुल्दै छन् ?

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म ५० भन्दा बढी सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । सरकारको स्वामित्वमा

आजबाट सवारीसाधनको नयाँ भाडादर

काठमाडौं ।  यातायात व्यावसायीले आजबाट नयाँ भाडादर कायम गरेका छन् । दशैंको मुखैमा आएर व्यवसायीले १० प्रतिशत भाडादर बढाएका हुन् । यातायात