• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

एनआईसी एशियाको अमरगढी र दिपायलमा शाखा

मुलुककै ठूलो शाखा सञ्जाल भएको बैंक बन्यो

कठमाडौ, असार । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालय स्थापना गरिएको छ ।  सो शाखाको अमरगढी, डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर श्री विशेश्वरप्रसाद ओझा र दिपायल सिलगढी, डोटीस्थित दिपायल शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर श्री मञ्जु मलासीले  उद्घाटन गनभयो ।
सो अवसरमा बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालय, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको  जनाइएको छ । 
बैंकको वासलातको आकार .१७७ अर्बभन्दा बढी पुगेको छ  भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंक  भएको जनाइयो ।  हाल बैंकको कुल कर्जा करिब रू. १२० अर्बसहित निजी क्षेत्रका बैंकमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेद्धारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ । 


 

प्रतिकृया दिनुहोस

"पाँचवटा क्षेत्रमा पर्याप्त लगानी भए आर्थिक वृद्धि सहज हुने"

काठमाडौँ, कात्तिक  ।     कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमानेपालका निजी क्षेत्रले पर्याप्त लगानी गरे उत्पादकत्व

राष्ट्र बैंक पुननिर्माणः पप्पु जोडिँदा योजना अलपत्र

काठमाडौं – ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ । प्राप्त बोलपत्रमध्ये सबभन्दा कम

चीनद्वारा कर्णाली द्रुतमार्ग सर्भे, हवाई सेवामा पनि सघाउने

काठमाडौँ – चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती