• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

" मध्य र पश्चिममा भारी वर्षाको सम्भावना "

बाढी आउँने संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । केहि दिन यता सक्रिय भएको मुनसुन अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ । आज पनि  देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको छ । 
शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै केहीबेर रोकिँदै पानी परिरहेको छ । मौसम एकैछिन खुलेपनि फेरि बदली भइ पानी पर्ने उहाँको अनुमान छ ।
सामान्यतया मनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भइ बेलुकीदेखि पानी पर्ने उहाँको भनाई छ । यस्तै नजिकै पानी पर्दा अर्को ठाउँमा नपरेको पनि छ । गएको २४ घण्टामा लुम्लेमा १ सय ९ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज दोलखा, सिन्धुपाल्चोक, रसूवा, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरा हुँदै बग्ने खोला र नदीमा ठूलो बाढी आउँने संभावना भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । यसैगरी भिरालो जमिन र यसअघि पहिरो गएको ठाउँमा पनि सावधानी अपनाउन शाखाले अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस

आज मन्त्रिस्तरीय छलफल, प्रधानमन्त्रीबाट उद्घाटन 

काठमाडौँ – आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध एसियाका १२ मुलुकको छैटौँ बैठकमा

"सरकारका निर्णय सुनाउन अब हप्तैपिच्छे पत्रकार सम्मेलन "

काठमाडौं, कात्तिक  । सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हरेक हप्ता पत्रकार सम्मेलन गर्ने भएको छ । सरकारका प्रवक्ता एव‌ं सूचना तथा

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ