• सोमबार ६-८-२०७५/Monday 09-24-2018

जापानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

जापान । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण १०० जना भन्दा बढीको ज्यान गएको जापानी अधिकारीले पुष्टि गरेका छन् । 

जापानमा अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अविरल बाढी र पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । 

सोमबार अधिकारीले दिएको जानकारीअनुसार पहिरोको जोखिममा रहेका स्थानबाट २५ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको बताएका छन् । 
हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । 

जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ । 

प्रतिकृया दिनुहोस

मदिरा सेवनबाट बर्ष ३० लाख भन्दा बढी सेवन गरेर मृत्यु

   जेनेभा। संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीकोमदिरा सेवन गरेर मृत्यु  हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।   विश्वभरीमा एड्स, हिंसा र सडक

यौनशक्ति बढाउन सर्पको मासु !

एजेन्सी ।  के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला । तर भियतनाममा

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

एजेन्सी । मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ। राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको