• आज : Monday 28 May 2018
    1:21:30 NST

प्रदेशस्तरमा सेवा थप्न प्रयासरत छौ : प्रबन्ध निर्देशक डा.रानामगर, बीपी स्मृति अस्पताल

 
 
 
बीपी स्मृति अस्पतालले सेवा दिनथालेको १० बर्ष बितेछ । सहकारीको अवधारणाबाट सञ्चालनमा आएको यस अस्पतालले सरल र सुुलभ सेवासँगै सर्वसाधारणको स्वास्थ्य उपचारका क्षेत्रमा भरपर्दो र विश्वासनीय बन्दे जानु यसको सकारात्मक पक्ष हुन ।  बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको  नामबाट सञ्चालनमा आएको यस अस्पताल अहिले आफ्नै  भवनमा सरेको छ । यही रयस्तै बिषयमा अस्पतालका प्रबन्ध निर्देशक डा. धनबहादुर थापामगरसँग डेमोखबर प्रतिनिधिले गरेको कुराकानीको केही अंश  :
 

अस्पतालको अवस्था कस्तो छ ? 

आधुनिक तथा डिलक्स क्याबिनसहितको १०० शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको हो । यो अस्पताल बिषयगत नभएर जनरल हो । यहाँ स्वासथ्य बिज्ञानका सबै बिषयमा उपचार हुन्छ । अत्याधुनिक शल्यक्रिया तथा आइसियुका उपकरण छन यस असपतालमा । 
१७ आइसियू, १० भेन्टिलेटर र अत्याधुनिक ल्याबसहितको सुविधा सम्पन्न  छ ।  सहकारीको अवधारणाबाट सञ्चालनमा आएकाले यो नाफाभन्दा सेवामुखी छौ । गरिव तथा असहायदेखि आर्थिक रुपले सवल ब्यक्तिले सुलभ उपचार पाउँछन यस अस्पतालमा । 

सर्वसाधारणको आकर्षण कस्तो छ ?  

स्वस्थ्य हुन पाउनुपर्छ भन्ने  अस्तपालको  चाहना हो । र, यस असपतालमा बार्षिक १२ हजारले ओपिडि सेवा लिए । एकहजार २०० ले शल्यक्रिया सुविधा लिए । ३० हजारले लयवरोटरी सेवा र १९ हजारले एक्सरे सेवा लिए । यस असपतालमा आउने तथा तिनहिरका आफनतले पनि सेवालाइ रामा्रे रुपमा लिएर पछि पनि फेरि आउने गरेका छन सेवा लिन त्यसैमा हामी सन्चतुष्ट छो । 
 

 अवको लक्ष्य के हो ? 

सबै नेपाली जनताले सुलभ स्वस्थ्य सेवा  पाउनुपर्छ छन्ने मान्यता पूरा गर्न ५० देखि ७५ प्रतिशतसम्म सेवा बढाउने हो । यसमा सेवा दिन सक्षम छौ । 
 

पूर्वाधारको अवस्था कस्तो छ ? 

 केही सेवा थप्न स्थानको अभाव छ । त्यो थप्ने प्रयत्न भइरहेको छ । खोज्नथालिसकेका छौ
 

सेवा थप्ने बिषयमा के छ ?

सरकारको आमा सुरक्षा कार्यक्रमको दायित्व लिएका छौ । यो सरकार एक्लैले नसक्ने भएकाले हामीले पनि काम गर्दैछौ । त्यसका लागि स्थान अभाव छ । त्यो पिलाउदैछौ । मिर्गौला र क्यान्सर पििडतका लागि पनि सेवा ल्याउने योजना छ ।
 

मेडिकल कलेज तथा अन्य क्षेत्रमा जाने बिषयमा के छ ? 

 हामी केन्द्मा नभइ प्रदेशस्तरमा जाने सोच छ ।  यहाँ असपताल पूर्णरुपमा सथापित भइसकेपछि पैदेशमा सेवा बिसतार गर्ने सोच बनाएका छौ । 
 

अहिले दिदे आएको सेवामा अस्पताल कत्तिको सन्तुष्ट छ ?

 हामी नाफामुखी नर्भ सेवामुखी भएकाले सेवामा सन्तुष्ट छौ । हामीकहाा आउने बिरामी र उनीहरुका आफन्त संन्तुष्ट छन ।  उनीहरुको पृष्ठपोषण हेर्दा हामीप्रति  सकारात्मक छन। गुनासो  केही छन । तापनि  ती ठूला नभइ सामान्य छन , जुन सजिले सच्चिन सकिने खालका छन । सच्याइदैछ । त्यसमा मानव निर्मित भौतिक कुरा र  मानवबाट गरिएका कुरामा शतप्रतिशत हुँदैनन्  ।  यही ने हाम्रो सन्तुष्टिको आधार हो ।   
 

Comment

Related News