• सोमबार ६-८-२०७५/Monday 09-24-2018

‘लभ स्टेशन’मा पुनः प्रदीप र जसिता

‘लभ स्टेशन’मा पुनः प्रदीप र जसिता

काठमाडौं । चलचित्र ‘लिलिबिली’का नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । प्रदीप खड्का र निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा निर्माण गर्न लागेको नया चलचित्र ‘लभ स्टेशन’ मा यो जोडी पुनः देखिन लागेका हुन् । ‘लभ स्टेशन’लाई उज्वल घिमिरेले निर्देशन गर्दैछन् । अहिले यो चलचित्रको धमाधम कथा लेखन भै रहेको छ । यसमा तीन अभिनेत्रीको लिड रोल रहने हुँदा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको निर्माण युनिटले बताएको छ ।
पूर्ण रुपमा लभ स्टोरी कथामा चलचित्र बन्नेछ । निर्माता गोविन्द शाहीले भने–‘जसिता र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भैरहेको छ । पूर्ण रुपमा कमेडी, पारिवारिक र लभ स्टोरी कथामा बन्नेछ । चलचित्रलाई नेपालका रमणीय स्थानका साथै अमेरिकामा छायांकन गरिने गोविन्दले बताए । अहिले नायक प्रदीप खड्काले ‘रोजी’को छायांकनमा व्यस्त रहेकोले यस चलचित्रको छायांकन पछि ‘लभ स्टेशन’ छायांकन सकेपछि शुरु हुनेछ । चलचित्रलाई फागुणको २४ गते रिलिज गर्ने समेत तयारी गरिएको छ । गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडिया प्रा.लि. बाट यो फिल्म निर्माण हुनेछ । प्रदीपले यसअघि ‘स्केप’ र ‘ठूलोमान्छे’ नामक फिल्म निर्माण गरेका थिए ।
यसैबीच, मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुतिमा चलचित्र ‘कस्मिक लभ’निर्माण हुने भएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केको मुख्य अभिनय रहने भएको छ । जय गौतमले निर्माण गर्ने चलचित्र ‘कस्मिक लभ’लाई शंखर अधिकारीले निर्देशन गर्दैछन । असारको १ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहने छ । शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ ।

 

प्रतिकृया दिनुहोस

हल–हलमा धिरज र साम्राज्ञीको क्रेज 

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको ‘इन्टु मिन्टु लण्डनमा’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार र शनिबार दुवै दिन चलचित्रले हाउसफूल दर्शक

कुटुमा कुटुकी स्वस्तिमा अब ‘हजार जुनी सम्म’मा

काठमाडौं । अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्का सफल निर्माता तथा निदेर्शक विकाशराज आचार्यको नयाँ प्रोजेक्टमा देखिने पक्का पक्की भएको छ । ‘कुटुमा

छिरिङबाट कामनाको डेब्यू 

काठमाडौं । गायक तथा अभिनेता यश कुमार निर्देशित तथा अभिनीत फिल्म ‘छिरिङ्ग’बाट अभिनेत्री कामना भुजेलले डेब्यु गर्दैछिन् । उनको अभिनय रहेको चलचित्र