• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018

टीका बोम्जनको एकल सांगितिक साँझ हुँदै

टीका बोम्जनको एकल सांगितिक साँझ हुँदै

काठमाडौं, १५ जेठ ।  टिका बोम्जन तत्कालीन माओवादी जनयुद्धमा दुबै हात गुमाएका कुशल गायक हुन् । नेपाली सेनामा कार्यरत हुँदा माओवादीले थापेको एम्बुसमा परी उनले हात गुमाएका हुन् । यस्तो अवस्थामा पनि उनी दत्तचित्त भएर निरन्तर सांगीतिक यात्रामा लागिपरेका छन् । आफै अशक्त भएतापनि मानसिक रुपमा उनी विचलित छैनन् । सामाजिक भाव राखेर उनले आफ्नो एकल साँझको तयारी पनि थालेका छन् ।
उनको एकल साँझमा नेपालका ख्यातीप्राप्त कलाकारहरुले साथ दिने वाचा गरेका छन् । सबैको न्यानो मायाले उनी आफ्नो एकल साँझलाई आर्मी अफिसर्स क्लबमा प्रधानसेनापतिलाई प्रमुख अथिति बनाएर विभिन्न स्रष्टाहरुलाई सम्मान पनि गर्ने भएका छन् । अहिले उनको एकल साँझको तीव्र तयारी भइरहेको छ । उनको एकल साँझलाई भव्य बनाउन कलाकार डीबी बोम्जन, सामाजिक अभियन्ता निशान थापा लगायत थुप्रै चलचित्रकर्मीको पनि साथ रहेको छ ।
देश र जनताको सेवा गर्ने अठोटले नेपाली सेनामा जागिरे बनेका बोम्जन १३ मंसिर २०५९ मा विद्युतीय धरापमा परे । २१ वर्षकै उमेरमा सधैँका लागि उनले दुवै हात गुमाए । ‘छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा ६ महिना बसेर उपचार गराएँ,’ उनले जीवनका कहालीलाग्दा दिन सम्झिँदै भने, ‘अब त जीवन खत्तम भयो सोचेँ, मलाई डिप्रेसन नै भयो ।’ चरम निराशाका बीच उनले जीवनको बाँकी सम्भावना खोजे । ‘विद्यालय जीवनमा म गाउँन, नाच्न रमाउँथेँ,’ उनले भने, ‘मैले आफूमा संगीतको सम्भावना देखेँ ।’ आगामी जेठ २८ गते ‘टीका बोम्जन एकल सांगीतिक साँझ २०७५’को तयारीमा जुटेका बोम्जनले संगीतयात्राबारे बयान गरे । अस्पतालको बेडमै हुँदा उनले ओठले कलम च्यापे अनि लेख्न थाले । ‘पहलोपटक मैले पाँचरसात मिनेट जति लगाएर आफ्नै  नाम लेखेँ,’ भावविह्वल  हुँदै उनले भने, ‘त्यो क्षण  खुसीले मेरो आँसु नै आयो ।’ त्यसपछि उनले कलम छोडेनन् । गीत सिर्जनमा लागे । आफ्नै शब्दमा संगीत भरे । अनि निकाले ‘कस्तो भाग्य’ गीति एल्बम । एकल साँझको तयारीमा रहेका बोम्जनले लेखेका, संगीत गरेका गीतमा चर्चित गायक–गायिकाले आवाज दिइसकेका छन् । करिब तीन सय गीत उनले रचना, गायन र संगीत गरेका छन् । ‘छाँगाबाट झरना झ¥यो’ कर्णदास २०६०, ‘मा¥यो मलाई मा¥यो’ ईश्वर अमात्य २०६०, ‘बार प्रिय बार, काँडे तारले बार’ अञ्जु पन्त, ‘मेरी सानु’ प्रमोद खरेल, ‘रोसी खोला’ शिव परियारलगायतले गाएका उनका चर्चित गीत हुन् । मुखले कलम च्यापेर सबैभन्दा बढी गीत लेखेका बोम्जन युथ फेडेरेसन युवा शान्ति दूत २०६०, युनिक वल्र्ड रेकर्डस्, एभरेस्ट आउटस्ट्यान्डिङ एचिभमेन्टस् र मिराकल अवार्डस् २०६८, उत्कृष्ट संगीतकार २०७१, हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड मलेसिया २०७४ जस्ता थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाली गीत–संगीतमा निरन्तर योगदान गरिरहेका बोम्जन हिमालय नेपाली इभेन्टस् प्रालिको आयोजनामा जेठ २८ गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा एकल साँझ मार्फत दर्शकमाझ प्रस्तुत हुँदैछन् । आफ्नो एकल साँझलाई उनले जीवनको महासाँझ भएको भन्दै सबै पक्षको साथ र सहयोगको अपेक्षा राखेका छन् ।

प्रतिकृया दिनुहोस

बालविबाहको कथामा ‘मालिका’, रेखाको दाैडधूप शुरू 

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अब्बल कलाकारको नाम लिनुपर्दा रेखा थापाको नाम अग्रपंक्तिमा आउँछ । त्यसो त उनी नायिकाको रुपमा मात्र सिमित छैनन ।

४० प्रतिस्पर्धीको विशेष प्रशिक्षणमा जुटे

काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशाैं वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो

तीन चलचित्रको व्यापारिक प्रतिस्पर्धा कस्तो ? 

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत गत शुक्रबारबाट हलहरुमा तीन वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीन चलचित्रले प्रदर्शनको पहिलो दिन औसत व्यापार