• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

थापाले भने : "ओलीको दम्भ पूर्वराजा ज्ञानेन्द्र शाहझै, त्यसरी नझुक्किनुहोला"

'दुईतिहाईको प्रधानमन्त्रीलाई सिकाउने ?' : ओली

 

काठमाडौं, असार । आइतबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले  पूर्वराजा ज्ञानेन्द्र शाह टाउको गनेर झुक्किएको र अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसरी झुक्किन नहुने बताएका छन् ।सोमबारको बैठकमा थापले भने - गोविन्द केसीको जीवन रक्षाको बिषयलाई लिएर केन्द्रित हुन चाहन्छु । यहि बिषयलाई लिएर चिकित्सक संघका साथिहरु सम्मानीय प्रधानमन्त्रीलाई भेट्न गएका रहेछन् ।  

प्रधानमन्त्रीले भन्नु भएछ एउटा व्यक्तिले भनेर डराउने मान्छे म होइन । स्वास्थ्य क्षेत्रमा के गर्दा हुन्छ कसैले मलाई सिकाउनु पर्दैन ।थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले देखाएको दम्भ प्रधानमन्त्रीले दोहर्‍याउन नहुने भन्दै भने-  २०५९ सालमा महाराज ज्ञानेन्द्रले शासन लिइबक्सियो । 
रत्नपार्कमा केहि मानिसहरु संसद पुन स्थापनाको माग राखेर सडकमा बसेका रहेछन्। महाराजको शुभचिन्तकले गएर महाराजलाई भनेछन्,  रत्नपार्कमा नेपालका केहि मानिसहरु कराई रहेका छन् ।  के भनिरहेका छन् ?  महाराजले सोधिबक्सेछ । उनीहरुले भनेछन्,  महाराजले गरेको कामले देशको भलो हुदैन । 
महाराजले भनिबक्सेछ - पृथ्वी नारायण शाहको बंशज  म ज्ञानेन्द्र शाहलाई सिकाउने। सिकाउने मानिसहरु को हुन् ? महाराजको प्रश्नमा उनिहरुले भनेछन् - गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, भरत विमल यादव , नारायणमान विजुक्छे लगायतका केहि मानिसहरु ४-५ सय मानिस लिएर बसेका छन् । महाराजले भनेछन्  ४ - ५ सय मानिसको झुण्डले महाराजलाई सिकाउने ?
थापाले प्रधानमन्त्रीलाई भने,- आज समय र पात्र बदलिएको छ । कर्णालीबाट चिकित्सक अनशन बसेका छन्।  चिकित्सक प्रधानमन्त्रीलाई भन्न गएछन् र भनेछन् यसो गर्यो भने भलो हुँदैन । 
प्रधानमन्त्रीले भन्नुभएछ– दुई तिहाई संख्या र  समर्थन भएको प्रधानमन्त्रीलाई देशको भलो के गर्दा हुन्छ भनेर चिकित्सकले सिकाउने ? के गर्दा हुन्छ भनेर उनको समर्थनमा को छ ? सोध्दै गर्दा भनेछन्,  केही थान कांग्रेसहरु संसदमा हल्ला गर्दैछन् र केही थान मानिस माइतिघर मण्डलामा हल्ला गर्दैछन् । अनि प्रधानमन्त्रीले भन्नुभएछ– केहि थान मानिसको भरमा दुईतिहाई भएको प्रधानमन्त्रीलाई सिकाउने ?  मलाई बडो दुःख लागेको छ सभामुखज्यु, मलाई चिन्ता पनि लागेको छ ।

महाराज झुक्किबक्स्यो संख्या हेरेर टाउको गनेर ।थापाले सत्यको पक्षमा एकजना भए पनि काफी हुने बताए। उनले भने,  ुसत्यको पक्षमा उभिदै गर्दा फगत एकजना भएपनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनुभएको छ ।   गोविन्द केसीका पक्षमा टाउको कति छन् नहेर्नुहोस् । 
सदनको टाउको पनि नगन्नुहोस। चिकित्सा शिक्षा विधेयकमा सहयोग गर्न हामी प्रतिपक्ष पनि तयार छौं । गोविन्द केसीको स्वस्थ्य स्थिति बिग्रीएको छ ।
उनले गोविन्द केसीमा कुनै किसिमको लोभ नभएको भन्दै उनमा  चिकित्सा शिक्षाको सुधारको नशा मात्रै भएको बताए ।

प्रतिकृया दिनुहोस

आज मन्त्रिस्तरीय छलफल, प्रधानमन्त्रीबाट उद्घाटन 

काठमाडौँ – आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध एसियाका १२ मुलुकको छैटौँ बैठकमा

"सरकारका निर्णय सुनाउन अब हप्तैपिच्छे पत्रकार सम्मेलन "

काठमाडौं, कात्तिक  । सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हरेक हप्ता पत्रकार सम्मेलन गर्ने भएको छ । सरकारका प्रवक्ता एव‌ं सूचना तथा

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ