• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

“निर्वाचनमा उठाएका कुरा सरकारले लागु गर्छ"

'हरेक कुरा संसदमा बहस गरौ'

काठमाडौं, असार । प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको प्रधानमन्त्री केपी शर्मा ओलील बताएका छन । नेपाल कम्यनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए  ।
“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भने “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागु गर्छ, यसमा आत्तिनु पर्दैन ।” 
कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेको बताउदै ओलीले भने,  “बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् ।” शान्ति प्रक्रियाका केही अवशेष छन ती पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक, गोविन्द केसी, उपकुलपति जस्ता बिषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गर्दै भने, “हामीले नराम्रो केही गरेको छैन, दृढताका साथ कुरा राख्नुपर्छ” प्रधानमन्त्री ओलीले भने “अरु चाहि साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाहि ओइलाउने हुन्छ ?”
प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली काँग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिद,ै “विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?” प्रधानमन्त्रीको प्रश्न छ ।
काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचभन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । 
“कुन बिषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं” प्रधानमन्त्री ओलीले भने, संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसार नै भएको छ । 
“सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउछ यसमा के अनौठो भयो र” प्रधामन्त्रीले थपे, नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनुपर्ने, हजारौं विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पताललाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 
संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्वीकृत नलिइ विदेश जान लागेकाले उनलाई रोकिएको स्पष्ट गर्दै प्रधानमन्त्रीले थपे, संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुन्छ, अहिलेका हल्लाले यो छानविन रोकिदैन ।” 
निर्वाचन आचारसंहिता लागु भएपछिका राजनीतिक नियुक्ति खारेज गरिएको प्रधानमन्त्रीले भने, “संस्थाहरुलाई राजनीतिक प्रदुषणबाट मुक्त गर्नका लागि यसो गरिएको हो ।” बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाललगायतको उपस्थिति थियो ।
 
 

प्रतिकृया दिनुहोस

आज मन्त्रिस्तरीय छलफल, प्रधानमन्त्रीबाट उद्घाटन 

काठमाडौँ – आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध एसियाका १२ मुलुकको छैटौँ बैठकमा

"सरकारका निर्णय सुनाउन अब हप्तैपिच्छे पत्रकार सम्मेलन "

काठमाडौं, कात्तिक  । सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हरेक हप्ता पत्रकार सम्मेलन गर्ने भएको छ । सरकारका प्रवक्ता एव‌ं सूचना तथा

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ