• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

जातीय पहिचानमा प्रदेशको नाम राख्नुपर्ने भन्दै बन्द आह्वान

कास्की । गण्डकी प्रदेशको नामाकरणको विरोधमा आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिद्धारा सोमबार गण्डकी प्रदेश बन्दको आह्वान गरिएको छ । 
प्रदेशको नाम जातीय पहिचानमा राख्नुपर्ने मागसहित संघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दको प्रभाव पोखरामा आंशिक रुपमा देखिएको छ । साना पसलहरु, निजी गाडीहरु चलेका छन् भने सार्वजनिक गाडी भने अहिले गुडेका छैनन् ।
प्रदेशसभाले साबिक ४ नम्बर प्रदेशलाई गण्डकी प्रदेश नामाकरण गरेपछि जातीय संघ संस्थाहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । 
असार २२ गते प्रदेश सभाले बहुमत सांसद द्धारा गण्डकी नामाकरण गरेको थियो । आन्दोलनरत संघर्ष समितले माग सुनुवाई नभए अनिश्चितकालीन बन्द गर्ने  चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

प्रदेश सांसदलाई ल्यापटप 

जनकपुर । प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ ।  १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको

आफैं मन्त्री आफैं ठेकेदार

सुर्खेत - कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन्  । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ

विकासका लागि शान्ति सुरक्षा : मुख्यमन्त्री शाही

सुर्खेत, कात्तिक ।  विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका