• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

इतिहास रच्ने दाउमा क्रोएसिया र बेल्जियम

उपाधि दाेहाेर्याउने दाउमा फ्रान्स र बेल्जियम

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलका खेलहरु करिब–करिब अन्तिम चरणमा पुगेको अवस्थामा दुई टोली इतिहास रच्ने दाउमा देखिएका छन् । विश्वकपका कूल ६० खेलमध्ये ४ चोली उपाधि भिडन्तको होडमा रहेका छन् । यी चार टोलीमध्ये फ्रान्स र इंग्ल्याण्ड एक–एक पटक उपाधि उचालिसकेका मुलुक हुन् भने अन्य दुई टोली क्रोएसिया, बेल्जियम उपाधि उचाल्दै इतिहास रच्ने दाउमा देखिएका छन् । यी चार मुलुकमध्ये आफ्नो खेलमा जसले लगातार दुई खेलमा जित हात पार्नेछ उसैले विश्वकपको उपाधि चुम्नेछ ।

 

गत शनिबार क्वाटरफाईनलका दुई खेलको समाप्तिसँगै फ्रान्स, बेल्जियम, इङ्ल्याण्ड र क्रोएसियाले अन्तिम ४ मा स्थान बनाएका हुन् । विश्वकपमा अन्य महादेशका टोलीलाई पन्छाउँदै युरोपेली चार मुलुक अन्तिम ४ को स्थानमा पुग्न सफल भएपछि यसपटकको उपाधी पनि युरोपेली राष्ट्रकै पोल्टामा पर्ने पनि निश्चित भएको छ ।

 

हालसम्म विश्वकपको फाइनलसम्म पुग्न नसकेका बेल्जियम र क्रोएसियाको यात्रा सेमिफाइनलमा टुंगिने हो फाइनलसम्म तय हुने हो त्यो पनि यसै भन्न सकिने अवस्था छैन । किनकी मंगलबार बेल्जियमले फ्रान्सको सामना गर्दै छ भने बुधबार हुने अर्को खेलमा क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ ।

 

यसपटक उपाधी जित्दै इतिहास रच्ने दाउमा देखिएको बेल्जियम जारी विश्वकप फुटबलमा दमदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म आइपुगेको टोली हो । बेल्जियमले सेमिफाइनलसम्मको यात्रा पार गर्दा ठूला राष्ट्रलाई पराजित गरेको छ । क्वाटरफाइनलमा बेल्जियमले बलियो मानिएको ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरेको हो । 

 

त्यस्तै जारी विश्वकपमा अपराजित रहेको बेल्जियमले प्रिक्वाटरफाइनलमा जापानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणमा भने बेल्जियमले आफ्नो खेलमा पानामालाई ३–० ले, दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो । युरोप छनोटको समूह ‘एच’को विजेता बनेर १३ औं पटक विश्व कपमा सहभागी बेल्जियम यसपालिको विश्व कपमा युरोपबाट छनोट भएको पहिलो देश हो । 

 

बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा समेत सहभागी थियो । त्यसपछि बेल्जियमले ११ संस्करणमा सहभागीता जनाइसकेको छ । तरपनि उसले विश्व कप यात्राको १२ औं संस्करणसम्म १९८६ मा चौथो हुने बाहेकको उपलव्धी हासिल गर्न सकेको छैन । 

 

त्यस्तै युरोपको ‘प्लेअफ’ मा ग्रिसलाई समग्रमा ४–१ गोलले पछि पारेर पाँचौ पटक विश्वकपमा स्थान बनाएको क्रोएसियाले जारी प्रतियोगीतामा शानदार प्रदर्शन गर्दै सेमिफाईनलको यात्रा तय गरेको छ । 

 

क्रोएसिया २० वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्वकपको सेमिफाइनलमा पुगेको थियो । क्रोएसियाले जारी विश्वकपमा आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० र अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । 

 

प्रिक्वाटरफाइनलमा भने क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा आयोजक रूसलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनलसम्मको स्थान बनाएको हो । 

 

सन् १९९८ मा तेस्रो स्थान हात पार्नु बाहेकको उत्कृष्ट प्रदर्शन गर्न नसकेको क्रोएसिया यसपटक सुधारिएको लयमा देखिएको छ । युगोस्लाभियाबाट छुट्टिएपछि सन् १९९८ मा पहिलो विश्व कप खेलेको क्रोएसियाले त्यसपछि लगातार विश्वकप खेल्दै आएको छ । 

 

तर, हालसम्म विश्वकपको उपाधी जित्न नसकेको क्रोएसिया यसपटक भने उपाधी जितेर ईतिहास रच्ने दाउमा छ । 
 

प्रतिकृया दिनुहोस

पाकिस्तानविरुद्ध भारत ८ विकेटले विजयी 

काठमाडौं–  एसिसी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई पराजित गरेको छ। एसिया कपअन्तर्गत समूह 'ए'  भारतले पाकिस्तानलाई

एएफसी यू १६ फुटबल आजदेखि, नेपालले फिलिपिन्सको सामना गर्दै

काठमाडाैं । एएफसी युथ सिक्सटिन महिला फुटबल च्याम्पियनसिपका छनोट खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । समुह ई को पहिलो खेलमा आज नेपालले फिलिपिन्सको

पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट

काठमाडौं ।  यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय