• आज : Sunday 27 May 2018
    7:29:29 NST

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

काठमाडाैं, ५ माघ । राखेप च्याम्पियन्सिप अन्तर्गतको राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरूष फुटबलकाे उपाधिका लागी दुर्इ विभागीय टाेली नेपाल पुलिस र नेपाली सेनाकाे अार्मी भिड्नेछन् ।  नेपाल पुलिस क्लबले नेपाल एपिएफलाई सेमिफाइनलमा २-१ को अन्तरले हराएको छ । यस जितसँगै पुलिसले फाइनलमा आर्मीसँग भिडन्त पक्का गरेको हाे । फाइनल खेल माघ ६ गते घोरहीमा खेलिने छ भने तेस्रो स्थानका लागि एपिएफ र सुदुरपश्चिम पनि सोहि दिन भिड्दै छन् ।
खेलको १७ औं मिनेटमा एपिएफका दिपक खड्काले एपिएफलाई अग्रता दिलाए पनि दोस्रो हाफमा पुलिसले खेल उल्टाउन सफल भएको हो । खेलको ५३ औं मिनेट र इन्जुरी समयको पहिलो मिनेटमा क्रमश: सन्तोष हेम्रन र सुमन लामाले गोल गर्दै विभागीय डर्बीमा पुलिसलाई जित दिलाए ।त्यस्तै अर्को सेमिफाइनल खेलमा आर्मीले सुदुरपश्चिमलाई २-१ कै स्कोरले पाखा लगायो । सुदुरका मनिराम चौधरीले टोलीलाई खेलको २० औं मिनेटमा अग्रता दिलाएका थिए । तर एरिक विष्टले ६९ औं मिनेट र राजीव गुरुङले ७१ औं मिनेटमा गोल गर्दै पुलिससँग फाइनलमा भेट पक्का गरेको हो ।
प्रतियोगितामा पुलिसले आफ्नो पहिलो रोजाईको टोली खेलाएको छ भने एपिएफले आफ्नो दोस्रो रोजाईका खेलाडिहरु खेलाएको छ । आर्मीका लागि नवयुग श्रेष्ठ र भरत खवास लगायत पहिलो रोजाईका खेलाडिहरुलाई इटहरी गोल्डकप प्रतियोगितामा पठाइएको छ । 

Comment

Related News