• आज : Sunday 25 February 2018
    11:34:28 NST

नेपालीले पत्ता लगाए ‘इबोला’ को औषधि

काठमाडौ, ३ माघ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा.खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् ।
दुई लाख वटा औषधिको अनुसन्धानबाट तीन वर्ष लगाएर ५६ सम्भावित औषधि पत्ता लागेको डा.खड्काले बताए । तीमध्ये एउटा बेन्जोक्विन अनलाइन (दभलशयत्रगष्लयष्लिभ) समूहको औषधिको विस्तृत अध्ययन भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । ‘अन्य भाइरसको भन्दा इबोला भाइरसको औषधि खोज अध्ययन १० गुणा बढी चुनौतीपूर्ण थियो तर हाम्रो टिम अध्ययनमा सफल भएको छ । थप औषधि पनि विकासकै क्रममा छन्’, उनले टेलिफोनमा भने, ‘यो औषधि हालै संसारमा भयभीत बनाइरहेको अर्को जीका भाइरसविरुद्ध पनि प्रभावकारी देखिएको छ ।’
यो प्रारम्भिक अनुसन्धानले चाँडै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर, बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रयोग गर्ने विधि, औषधिको मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान सुरु भएको छ । उनका अनुसार यो प्रक्रिया सकिएर इबोलाको औषधि सर्वसुलभ हुन अझै केही वर्ष लाग्नेछ ।
यो आविष्कारले फेरि इबोलाको महामारी फैलियो भने त्यसको रोकथाममा महत्वपूर्ण योगदान पु¥याउने विश्वास अनुसन्धानमा संलग्न वैज्ञानिक टोलीले लिएको छ ।
संसारकै खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने यो रोगले केही दिनमै महामारीको रूप लिन सक्छ । थुप्रै स्वास्थ्यकर्मीको समेत बिरामीको उपचार गर्ने क्रममा यो रोग सरेर मृत्यु भएको छ । त्यसैले यो रोग लागिहालेमा उपचार गर्नसमेत कोही स्वास्थ्यकर्मी अगाडि सर्दैनन् ।

Comment

Related News