• आज : Wednesday 17 January 2018
    2:55:36 NST

संखुवासभामा जिप दुर्घटना : ५ जनाको मृत्यु

 
खाँदवारी, ३० पुस । जिप दुर्घटना हुँदा संखुवासभामा ५ जनाको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिकामा भएको दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित साविकको जिल्ला विकास समितिका योजना अधिकृतको समेत मृत्यु भएको छ ।
मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल र योजना अधिकृत सुवासचन्द्र कुँइकेल तथा स्थानीय सुरेश राईको पहिचान खुलेको छ । चालक र अर्का एक इन्जिनियरको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ ।
बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका ३ सामाटारमा दुर्घटना भएको हो । चालकको समेत मृत्यु भएकाले दुर्घटनाको कारण नखुलेको बताइएको छ ।

Comment

Related News