• आज : Wednesday 17 January 2018
    3:02:30 NST

टोटनह्यामका सर्वाधिक गोलकर्ता बने केन

काठमाडाैं, ३० पुस । टोटनह्यामले इंग्लिश प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन क्लबका सर्वाधिक गोलकर्ताको किर्तिमानी बनाएका ह्यारी केनले दुई गोल गरे । त्यस्तै सन हेङ मिन र क्रिष्टियन एरिक्सनले समान एक एक गोल गरेका थिए ।
वेम्बलीमा स्टेडियममा खेलको २६ औँ मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४७ औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । खेलको ५९ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ८१ औँ मिनेटमा एरिक्सनले एक गोल थप्दै टोटनह्यामलाई ४ – ० को सहज जित दिलाए ।
एभर्टनविरुद्ध दुई गोल गरेसँगै स्ट्राइकर केन प्रिमियर लिगमा टोटनह्यामका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्  । केनले क्लबका लागि ९८ औँ गोल गर्दै टेडी शेरिङ्घमको नाममा रहेको सर्वा्धिक गोलकर्ताको कीर्तिमानी भङ गरेका हुन् ।  टेडीले सन् १९९२ देखि १९९७ र २००१ देखि २००३ सम्म टोटनह्याममा रहँदा ९७ गोल गरेका थिए । उनले २३७ खेलमा ९७ गोल गरेका थए  । 
टेडीको किर्तिमान भङ गर्ने क्रममा केनले १३५ खेलमा ९८ गोल गरेका हुन् ।  केनले यो सिजन प्रिमियर लिगमा २० गोल गरिसकेका छन् । केनले सबै प्रतियोगितामा भने टोटनह्यामका लागि यो सिजन २८ गोल गरेका छन् ।
एभर्टनमाथिको जितसँगै पाँचौँ स्थानको टोटनह्यामले २३ खेलबाट ४४ अंक बनाएको छ । २७ अंकसहित एभर्टन नवौँ स्थानमा छ । लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ  ।

Comment

Related News