• सोमबार ६-८-२०७५/Monday 09-24-2018

प्रदेश नंं ५ : 'सीप, कला र संस्कृतिका धनी विश्वकर्मा समुदाय सम्मान गर्नुपर्छ'

प्रतिभा अध्ययन तथा संरक्षण आवश्यक

दाङ, असार । समाज र राज्यले  कला सीप र कौशलताका धनी विश्वकर्मालाई सम्मान गर्नुपर्ने सहभागीको भनाइ छ । सामाजिक विकासका क्रममा विश्वकर्मा समुदायको भूमिका महत्वपूर्ण रहेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताए । 
एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा दाङको तुलसीपुरमा भएको प्रदेश नं ५ को स्तरीय भेलाका सहभागीले बताए । 
सहभागीले विश्वकर्मा समुदायको परम्परागत सीप, कला, संस्कृति र उनीहरुमा रहेको प्रतिभाको आवश्यक अध्ययन गरी संरक्षण, संवद्र्धन र विकास गर्दै सीपको आधुनिकीकरण गर्न पनि माग गरेका छन् । 
प्रदेश नंं ५ का सभामुख पूर्ण घर्तीले विश्वकर्मा समुदाय कला र कौशलको धनी भएको भन्दै सीपलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने विचार व्यक्त गरिन ।  उनले छुवाछूत र विभेद अन्त्य भएको भए पनि सांस्कृतिक आदतमा अन्त्य नभएको बताए । 
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वकर्मा इञ्जिनियर हुन् भन्दै उनीहरुले विभिन्न वस्तुको आविस्कार गरेको बताए । 
पाण्डेले सामन्ती अर्थव्यवस्थाका कारण छुवाछूत र जातीय विभेद पहिले रहेको भन्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै अन्त्य हुने दाबी गरे । 
एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज केन्द्रीय अध्यक्ष गोपालप्रसाद विश्वकर्माले नेपालमा छुवाछूत कानूनी रुपमा अन्त्य भए पनि सामाजिक र सांस्कृतिकरुपमा अन्त्य हुन नसकेको बताए । 

प्रतिकृया दिनुहोस

कर्मचारीले काम पाएनन्

अछाम – काठमाडौं संघीयता कार्यान्वयनका क्रममा जिल्ला तहमा रहेका कतिपय कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएपछि कर्मचारीलाई कहाँ र कुन

प्रदेश ५ : सरकार मातहत रहने गरी कार्यालय स्थापना

नेपालगञ्ज, भदौ । बाँके र बर्दियालाई कार्य क्षेत्र बनाएर नेपालगञ्जमा कृषि ज्ञानकेन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना गरिएको छ

"संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि प्रदेश बलियो बन्नुपर्छ"

पोखरा, भदौ । प्रदेशका मुख्य मन्त्रीहरूको  पोखरामा बसेको भेलाले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू