• आज : Wednesday 17 January 2018
    3:01:58 NST

राष्ट्रियसभा निर्बाचन : सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय

 
 
काठमाडौं, २९ पुस ।   राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरेको छ । पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार आयोगले शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेको हो ।  
 उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता एवं सह–सचिव नवराज ढकालले सञ्चारकर्मीलाई जानकारी दिए ।
उनका अनुसार प्रदेश नम्बर १ को मोरङमा, २ को धनुषामा, प्रदेश ३ को ललितपुरमा, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।
आयोगले न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावली अनुसार सातजना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । 
सरकारले माघ २४ गतेलाई निर्वाचनको मिति घेषणा गरेपछि आयोगले केही दिन पहिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो भने, शुक्रबारसम्म दल दर्ताको समय तोकेको थियो ।
शुक्रबारसम्म राष्ट्रियसभा निर्वाचनका लागि २१ दल दर्ता हुन आएका छन् । जसमा प्रतिनिधिसभामा कुनै पनि सिट प्राप्त नगरेका दलहरु पनि दर्ता हुन आएका छन् ।

Comment

Related News