• आज : Wednesday 17 January 2018
    3:01:43 NST

भारतका स्थल सेनाध्यक्ष रावलले भने : चीनसँग युद्ध जित्न नेपालसँग राम्रो सम्बन्ध राख्नुर्छ

 
काठमाडौं, २९ पुस ।  चीनसँग युद्ध गर्न  भारतले आफ्ना छिमेकीहरुसँग राम्रो सम्बन्ध बढाउनुपर्ने भारतका स्थल सेनाध्यक्ष विपिन रावलले जनाएका छन् ।  नयाँ दिल्लीमा शुक्रबार भएको एक कार्यक्रममा  सेनाध्यक्ष रावलले चीन र भारतबीच युद्ध गरेर मात्रै हारजीत नहुने बताए । 
उनले सेनाको हिसावले भारत र चीन दुबै समान शक्ति भएको बताए । उनले अन्यत्र जस्तो त्यति धेरै समस्याग्रस्त नभएको भएपनि देशको उत्तरी सीमामा विकासका कामहरु र सैन्य उपस्थिती पनि बढाउनुपर्ने बताएका छन् । 
उनले नेपाल बंगलादेशलगायत छिमेकीहरुको नाम नै लिएर चीनसँग लडाईं नै गर्ने हो भने पनि यस्ता मुलुकहरुलाई भने भारतले हातमा लिनुपर्ने बताएका छन् । 

Comment

Related News