• आज : Wednesday 17 January 2018
    3:00:15 NST

साउदी अरेबियामा महिलालाई पहिलो पटक फुटबल खेल रंगशालमा हेर्न पाउने

 काठमाडौँ, २९ पुस । साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा प्याराफिटमा बस्न दिएको छ । शुक्रबार जेद्धाह शहरमा रहेको रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु दर्शकदीर्घामा बस्न दिइएको हो ।
साउदी अरेबियामा दशकौँदेखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध रहेको थियो । यो महिना तीन खेलमा महिलालाई रंगशालमा गएर हर्ने दिइने छ ।
युवराज मोहम्मद विनको सुधार योजना अन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ । यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ ।

Comment

Related News