• आज : Wednesday 17 January 2018
    3:07:07 NST

सरकारले प्रदेश प्रमुख ताेक्न सकेन, सहमतिको प्रयास जारी

काठमाडाैं, २८ पुस । सरकारले शुक्रबार पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न सकेन । सरकारले दलीय सहमतिको प्रयास अझै पनि जारी रहेको भन्दै निर्वाचन आयोगको चुनावी तालिका प्रभावित नहुने गरी केही दिनभित्रै प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्नेछ । 
यसअघि अाज बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने जानकारी दिइएकाे थियाे । 
प्रधानमन्त्री कार्यालयको हवाला दिँदै यसअघि सार्वजनिक भएका प्रदेश मुकाको विषयलाई लिएर मुलुकभर आन्दोलन सुरु भएपछि सरकारले राजनीतिक सहमतिका आधारमा मात्रै निर्णय गर्ने बताउँदै आएको छ ।
राजनीतिक सहमति कायम हुन नसकेमा आफूलाई अफ्ठेरो नपर्ने गरी निर्णय गर्ने प्रयास भइरहेको बुझिएकाे छ । सरकारले केहीदिनअघि सार्वजनिक सूचना जारी गरेर प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशसभाका सदस्यहरुलाई सपथ ग्रहण गराउने लगायतका प्रदेशको कार्यसञ्चालनसम्बन्धी अति जरुरी कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले सरकारले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्ने तयारी गरिरहेको थियो ।
 

Comment

Related News