• सोमबार ६-८-२०७५/Monday 09-24-2018

"स्वस्थ रहन जीवनशैली परिवर्तन गरौ"

जीवनशैली व्यवस्थित बनाउन जोड

तस्बिर : फाइल फोटो


बुटवल, असार । स्वस्थ्य जीवनका लागि सबैले आआफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलस्थित लुम्बिनी अञ्चल आयुर्वेद औषधालयले बुटवल क्षेत्रका स्वास्थ्यकर्मीलाई स्वस्थ्य जीवनशैली कार्यक्रम अन्तर्गत नसर्ने रोगको बढ्दो जोखिम तथा अव्यवस्थित जीवनशैलीका बारेमा गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीले जीवनशैली व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 
कार्यक्रममा आयुर्वेद क्षेत्रका विज्ञले जीवन शैली व्यवस्थित गर्न सकिएमा रोग लाग्नबाट बच्न सहज हुने भएकाले यसबारे समुदायलाई सचेतना जरुरी रहेको बताए । 
जनचेतनाका लागि स्थानीय स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले यस किसिमको कार्यक्रम गरिएको कार्यक्रम आयोजकले जनाउका छन ।  
्कार्यक्रममा बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. रमेश केसीले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरजस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा जानकारी गराए । 
कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका प्रमुख डा विनोद पौडेलले निष्कृय जीवनशैलीले विभिन्न रोग निम्त्याउने भन्दै स्वस्थ्य जीवन बिताउन सचेतना जरुरी रहेको बताए । 

प्रतिकृया दिनुहोस

सय वर्षमा राष्ट्रकवि : ‘यो जीवनीको रस प्यून जानौँ !’

 “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून

“बिआरईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”

काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक