• आज : Wednesday 17 January 2018
    10:42:25 NST

केपी ओलीलाई चेतावनी– हामी तपाईँलाई पनि ठेगान लगाउँछौं

काठमाडौं, २८ पुस । डा. गोविन्द केसीका समर्थकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि चेतावनी दिएका छन् । केसीको समर्थनमा बिहीबार काठमाडौंमा निस्किएको जुलुसलाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने, “केपी ओलीजी डा।केसी मरे पनि मरोस् भन्ने तपाईको संरक्षणमा रहेका छन् । तपाइँले पनि यो भनिरहनुभएको छ । तपाईँको यो अभिव्यक्तिले  हामी तपाईका एकपछि अर्को खलपात्रलाई ठेगान लगाएर छोड्छौँ । तपाईँको रेकर्ड हामीलाई पनि थाहा छ ।”
उनले अहिलेको लडाईँ भ्रष्टाचारी र सदाचारीबीचको लडाईँ भएको बताए । उनले ओलीले मेडिकल माफियालाई पक्षपोषण गरेको दाबी गरे ।
 

Comment

Related News