• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

"देशैभर मौसममा बदली : भारी वर्षाको सम्भावना "

उच्च सतर्कता अपनाउन आग्रह

तस्बिर : फाइल फोटो

काठमाडौं, असार ।  वर्षाको मौसम सुरुसँगै मौसम पूर्वानुमान महाशाखाले गम्भीर अवस्था सृजना गर्नसक्ने  बताएको छ ।  महाशााखाले एक बिज्ञप्ति गरी  आइतबार, सोमबार र मंगलबार देशैभर बदली रही हल्का, मध्यम वा भारीसम्मको वर्षाको सम्भावना औंल्याएको छ ।  
उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 
महाशाखाले पहाडी क्षेत्रको पहिरोग्रस्त क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 
महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो । बर्षाले खतराको घण्टी बजाएको महाशाखाको भनाइ छ । 
महाशाखाका अनुसार आइतबार दिउँसो देशभरि नै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । 
साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 
असार २५ गते सोमबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ, भने पूर्वी तथा मध्ये क्षेत्रको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 
सोही दिन साँझ पनि देशभरि नै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

"जल यातायात सञ्चालन गर्न संस्थागत संरचना बनाइदै"

काठमाडौँ, साउन । नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ ।   जल यातायात सञ्चालन

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्सँग ४–२ गोल अन्तरले पराजित भएसँगै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्सँग ४–२ गोल अन्तरले पराजित भएसँगै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो