• आज : Saturday 21 April 2018
    3:17:34 NST

अमिन्सलाई हराउँदै पिएसजी सेमिफाइनलमा

काठमाडौं, २७ पुस । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सिमित अमिन्सलाई २ – ० ले पराजित गर्दै पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।
अमिन्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न नेयमार र एड्रिन राबिओटले समान एक एक गोल गरे । तुलनात्मक कमजोर टोली अमिन्सविरुद्ध पिएसजीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अब पिएसजीले फाइनल प्रवेशको लागि सेमिफाइनलमा रेनससँग खेल्ने छ ।
पहिलो हाफको ३४ औं मिनेटमा गोलकिपर रेगीस गुर्टनरले रातो कार्ड पाएपछि अमिन्स १० खेलाडीमा सिमित भएको थियो । पिएसजीका केलियन एमबाप्पेलाई डिबक्सबाहिर खराब ट्याकल गरेपछि गुर्टनरले रातो कार्ड पाएका थिए । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सिमित भएपनि पिएसजीलाई गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । अमिन्सका थोमसले आफ्नो डिबक्समा नेयमारलाई फल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो । जसमा नेयमारले सहजै गोल गरे । पेनाल्टीमा गोल गरेपछि नेयमारले अनौठो तरिकाले गोलको सेलिब्रेसन गरे । उनले आफ्नो जुत्ता फुकालेर टाउकोमा राख्दै नयाँ तरिकाले गोलको खुशी मनाएका थिए ।
अमिन्सविरुद्ध गोल गरेसँगै कीर्तिमानी मुल्यमा पिएसजी आएका नेयमारले पिएसजीका लागी सबैखाले प्रतियोगितामा गोल गर्न सफल भए । उनले पिएसजीका लागि यो सिजन सबैखाले प्रतियोगिता गरि २० गोल गरिसकेका छन् । त्यसपछि खेलको ७८ औं मिनेटमा एड्रिनले गोल गर्दै पिएसजीलाई २ – ० को सहज जित दिलाए ।

Comment

Related News