• आज : Wednesday 17 January 2018
    3:05:17 NST

कपडा उद्योगमा भएको आगलागीबाट करोडौको क्षति

काठमाडौं, २७ पुस । नेपालगञ्जको घरबारी टोलमा बुधबार राति एक कपडा उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । 
नेपालगंज उपमहानगरपालिका २ घरबारी टोलको एक तयारी कपडाको उधोगमा गएराती आगो लाग्दा करिब १ करोड भन्दा बढीको धनमाल जलेर क्षती भएको छ ।
स्थानीय काली मियाले सञ्चालन गरेको न्यू लुम्बिनी गार्मेन्टसमा गएराती साढे १२ बजे विधुतीय तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । आगोले जलेर गार्मेन्टमा रहेका सम्पूर्ण सामान जलेर नष्ट समेत भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले गएराती साढे १ बजे आगो नियन्त्रणमा लिएको थियो ।

Comment

Related News