• आज : Friday 19 January 2018
    5:24:38 NST

अार्सनल र चेल्सीले बराबरी खेले

काठमाडाैं, २७ पुस । इंग्लिश फुटबल लिग (इएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । बुधबार राति भएको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले बराबरी खेलेको हो  । स्टामफोर्ड ब्रिजमा बल पोजिसनमा चेल्सी अगाडी रहेपनि आर्सनलमाथी जित निकाल्न सकेन् । खेलमा चेल्सीले आर्सनलको पोस्टमा ६ पटक पोस्ट आक्रमण गरेको थियो भने आर्सनलले चेल्सीको पोस्टमा ३ पटक धावा बोलेको थियो ।
पहिलो लेग बराबरी भएसँगै दुवै टोलीको फाइनलमा पुग्ने सम्भावना रहेको छ । सेमिफाइनलको दोस्रो लेग आगामी जनवरी २४ मा आर्सनलको मैदानमा हुनेछ ।

Comment

Related News