• आज : Wednesday 17 January 2018
    3:05:48 NST

तीन सय ‘कट’ पछि रिलीज हुँदै ‘पद्मावत’

काठमाडौं, २७ पुस ।  सञ्जय लीला भन्सालीको बहुप्रतिक्षीत फिल्म ‘पद्मावती’ को नाम परिवर्तन गरेर ‘पद्मावत’ राखिएको छ । फिल्मको नामका साथ साथै रिलीज डेट पनि परिवर्तन गरेर २५ जनवरीका लागि तय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच सेन्सर बोर्डको निर्देशन बमोजिम फिल्ममा तीन सय ‘कट’ लगाइएको खबरले चर्चा पाएको छ । विवादबाट जोगिन फिल्मलाई काल्पनिक कथानुसार देखाउन निर्माण पक्ष प्रयासरत छ । 
फिल्ममा रानी कहाँकी हुन्र र अलाउद्दीन खिलजी कहाँका मुगल शासक थिए भन्ने बारेमा पनि केही जानकारी नदिइने बताइएको छ । फिल्मबाट दिल्ली, मेवाड र चित्तौडगढसँग जोडिएका तथ्यहरु र नामहरु काटिने भएका छन् ।
रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर स्टारर फिल्म ‘पद्मावत’ जानवरी २५ मा रिलीज हुन गइरहेको छ । तीन सय ‘कट’ लगाइएको ‘पद्मावत’ सिनेमाघरहरुमा कस्तो जादु देखाउँछ त्यो भने रिलिजपछि मात्रै थाहा हुनेछ । 

Comment

Related News