• आज : Wednesday 17 January 2018
    3:06:27 NST

उत्तर कोरियाले भन्यो, हाम्रो हतियार अमेरिकालाई मात्र लक्षित !

कोरिया, २७ पुस ।  उत्तर कोरियाका सम्पूर्ण हतियार अमेरिकाका लागि मात्र भएकाले दक्षिण कोरिया, रुस र चीनलाई लक्षित नगरिएको उत्तर कोरियाका उच्च अधिकारीले बताएका हुन् ।  उता प्योङयोङ र दक्षिण कोरियाबीच दुई वर्षपछि औपचारिक भेटवार्ता भइरहेकामा सबैतिरबाट विभिन्न प्रतिक्रिया आइरहेको डेलीमेलले बताएको छ । 
उक्त छलफल कार्यक्रममा उत्तर कोरियाले सैन्य मुद्दाबारे पनि वार्ता गर्न सहमत भएपछि यसले दुई देशको तनावलाई धेरै कम गराउने अनुमान गरिएको छ ।  यसै क्रममा उत्तर कोरियाका उच्च अधिकारी री सोन ग्वानले भने, “हतियार निर्माण कार्य कहिल्यै दक्षिण र उत्तर कोरियाबीच समस्याको मुद्दा थिएन । र हाम्रो हतियार पनि चीन, रुस र दक्षिण कोरियाका लागि नभएर अमेरिकालाई मात्र लक्षित गरिएको छ ।”
त्यस्तै उत्तर कोरियाले दक्षिण कोरियामा हुने आगामी महिनाको ओलम्पिक्स खेलमा पनि सहभागी हुन सहमत भएको दक्षिणका एकिकरण मन्त्री छन हे सङले जानकारी दिएका हुन् ।  अहिले यी दुवै देशले आफूहरुबीचको विवादलाई वार्ता र छलफल गरेरै सुल्झाउने र सम्बन्धमा सुधार ल्याउने प्रयत्न गरिरहेको बताएका छन् । पानमुनजोनमा भएको शान्तिपूर्ण छलफलपछि दुवैदेशका तर्फबाट संयुक्त बयान दिँदा यसो भनिएको हो । 
वार्तापछि उत्तर कोरियाले आफ्नो तर्फबाट खेलाडी लगायत, उच्च अधिकारी, चियरलिडर र पत्रकारहरु पठाउने बताएको छ ।
यसका साथै दुई देशको लडाईका कारण छुट्टीएका आफन्त र परिवारहरुलाई पनि अस्थाई रुपमा भेट गराउन दक्षिण कोरियाले प्रस्ताव राखेको मन्त्री छुनले बताए । 
उता ट्रम्पले उत्तर र दक्षिणका बीच भएको भेटवार्ताको श्रेय आफूलाई दिएकामा उत्तर कोरियाको पत्रिकाले त्यसलाई हास्यास्पद भएको उल्लेख गरेको डेलीमेलले बताएको छ । विश्वका अगाडि भाषण दिँदै महान् बन्न खोजिरहेका ट्रम्पले भ्रम पालिरहेको भन्दै ट्रम्पको कडा आलोचना गरिएको छ ।  

Comment

Related News