• आज : Wednesday 17 January 2018
    3:04:09 NST

आगामी शनिबार बैंक खुला रहने

काठमाडौं, २७ पुस । आगामी शनिबार बैंक बन्द नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । बुधबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले राजश्व संकलन तथा चेक जम्मा गर्न बैंकिङ कार्यालयहरु बन्द नगर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शनिबार सम्पूर्ण आन्तारिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, राजस्व संकलन गर्ने नेपाल राष्ट्र बैंक लगायतका सम्पूर्ण बैंकसहित राजस्व प्राप्त हुने सबै कार्यालय साथै क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस खुल्ला गर्न निर्देशन दिएको छ ।
अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैंक र राजस्व संकलन गर्ने सम्पूर्ण बैंकका प्रतिनिधिबीच भएको छलफलको निर्णय अनुसार उक्त निर्देशन दिइएको केन्द्रिय बैंकले बताएको छ । त्यस्तै वर्षभरी नै असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबार लगायत जुनसुकै सार्वजानिक बिदा परेमा पनि राजश्व संकलन गर्ने आन्तारिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण बैंकहरु, राजस्व बापत प्राप्त हुने चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा नेपाल क्लियरिङ हाउस पूर्णरुपमा खुल्ला गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Comment

Related News