• आज : Wednesday 17 January 2018
    3:05:12 NST

प्रादेशिक राजधानी माग्दै पुनः धनकुटा बन्द

धनकुटा, २७ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आवहन गरिएको बन्दले धनकुटाको जनजीवन प्रभावित बनेको छ । रोल..
प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त भएपनि सरकारले धनकुटालाई वेवास्ता गरेको भन्दै आज पुनः बन्द आवहन गरिएको हो । बन्दका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन भएका छैनन् । बन्द गराउँनका लागि बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निश्किएका छन् । सरकार बिरुद्ध प्रदर्शन गर्दै उनीहरुले सडक अवरुद्ध गरिरहेका छन् । यातायात ठप्प बनाएका जिल्लाबासीले मोटरसाईकलसमेत गुड्न दिएका छैनन् । धनकुटाको जिरोपईन्ट, सरस्वती चौक, आत्मारा लगायत दर्जनौ स्थानमा ढाट राखेर सडक अवरुद्ध गरिएको छ । बजार पसल, उद्योग धन्दा, कलकारखाना लगायत पनि ठप्प छन् । प्रादेशिक राजधानी माग गर्दै  यसअघि धनकुटामा ६ दिन आमहड्ताल गरिएको थियो । त्यसपश्चात दुई दिन एक÷एक घण्टा चक्काजाम गरी आज पुनः बन्द आवहन गरिएको हो । अन्यत्र प्रादेशिक राजधानी नस्वीकारने अडान राख्दै २८ दिनदेखि प्रदर्शन जारी राखेका धनकुटाबासीले प्रादेशिक राजधानीका लागि जस्तोसुकै मुल्य चुकाउँन पछि नपर्ने चेतावनी दिदै आएका छन् । 
 

Comment

Related News