• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

उपाधि हाेडमा फ्रान्स, बेल्जियम, क्रोएसिया र इंग्ल्यान्ड

अायाेजक रसिया र स्वीडन बाहिरिए

काठमाडौं । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार राति अन्तिम क्वार्टरफाइनलमा क्रोएसिया विजयी भएसँगै  सेमिफाइनल समिकरण पूरा भएको हो। 

 

क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। त्यसअघि इंग्ल्यान्डले स्विडेनलाई २–० गोलले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो। 

 

यस्तै शुक्रबार फ्रान्सले उरुग्वेलाई २–० गोलले हराएको थियो भने बेल्जियमले ब्राजिललाई २–१ गोलले पराजित गरेको थियो।

 

अब सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र क्रोएसियाबीच बुधबार राति भिडन्त हुनेछ। योसँगै विश्वकपका ६० खेल सकिएका छन्। अब ४ खेल बाँकी रहेका छन्। 

 

इंग्ल्यान्ड २८ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हाे । इंग्ल्यान्ड पछिल्लो पटक सन् १९९० मा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो।

 

अब सेमिफाइनलमा इंग्ल्यान्डले आयोजक रसिया र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

 

यता क्राेएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।  क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो। 


 

प्रतिकृया दिनुहोस

सन्दीपको सफलता, आईपीएल खेल्ने पुनः पक्‍का

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)

च्यासल ‘राइनो गोल्ड कप’ च्याम्पियन 

काठमाडौं । ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ

नेपाली महिला टोलीको अबको लक्ष्य साफ च्याम्पियनसिप

काठमाडौं । काठाडौं सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय