• आज : Wednesday 17 January 2018
    10:49:32 NST

मनाङमा आगो ताप्ने व्यवस्था

मनाङ, २६ पुस ।  हिमाल पारिको जिल्ला मनाङमा अत्याधिक चिसो बढेपछि जनजीवन थप कष्टकर गएको छ । चिसो छल्नका लागि स्थानीय प्रशासन आगो ताप्ने व्यवस्था समेत मिलाएको छ । 
देशभरि नै चिसो बढिरहेका बेला मनाङमा माइनस १६ डिग्री तापक्रम पुगेर जनजीवन कष्टकर बनेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको प्रतिकूल तापक्रमलाई मध्यनजर गरी चामे गाउँपालिका भवन अघिकोे खुला स्थान, नेस्याङ–४ हुम्दे बजार, नेस्याङ–६ मनाङ बजार, नाशोङ गाउँपालिका भवन अघि, चामे–३ कोतो बजार र ताल बजारलगायत स्थानमा बेलुका ४ बजेदेखि आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
जाडो बढेसँगै मनाङको कूल छ हजार ५२७ जनसंख्यामध्ये हालसम्म करिब चार हजार व्यक्ति जाडो छल्न बाहिरी जिल्ला गएका छन् । अत्यधिक चिसोका कारण सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ । 

Comment

Related News