• आज : Wednesday 17 January 2018
    10:47:57 NST

पार्वतीकुण्ड गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

रसुवा, २६ पुस ।  रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । पार्वतीकुण्ड गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुुसार गाउँपालिकाको नाम आमाछोदिङ्मो र केन्द्र गोल्जुङबेसी कायम गरिएको छ । यसअघि पार्वतीकुण्डको केन्द्र गोल्जुङ थियो । 
जिल्लामा रहेका पाँच स्थानीय तहको नाम स्थानीय भाषामा नराखिएको भन्दै गुनासो आएपछि गाउँपालिकाले गाउँसभाबाट नाम र केन्द्र सार्न प्रस्ताव गरेको थियो । अध्यक्ष तामाङले भन्नुभयो, ‘गाउँपालिकाले पहिलो गाउँसभाबाट गाउँपालिकाको नाम र केन्द्र सार्ने निर्णय गरिएको थियो, पुष २४ गते प्रकाशित नेपाल राजपत्रमा नाम र केन्द्र परिवर्तन भएर आएछ ।’ 
गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र सर्ने हल्ला चले पनि नाम तथा केन्द्र परिवर्तन भएको छैन् । अन्य जिल्लामा सदरमुकाममा स्थानीय तहको केन्द्र कायम गरिएको भए पनि रसुवामा भने पाँचवटै स्थानीय तहको केन्द्र सदरमुकाम भन्दा बाहिरको स्थान कायम गरिएकोे छ । 

Comment

Related News