• आज : Sunday 27 May 2018
    7:19:43 NST

दुई कोरियाबीचको उच्चस्तरीय वार्तामा के भयो ?

कोरिया, २६ पुस । उत्तर र दक्षिण कोरियाका अधिकारीबीच मंगलबार वार्ता भएको छ । करिब २ वर्षपछि पहिलोपल्ट औपचारिक रुपमा वार्ता भएको हो । दक्षिण कोरियाको अधिनमा रहेको विवादित भूमिमा वार्ता भएको थियो । 
वार्तामा उत्तर कोरियाले शीतकालिन ओलम्पिकमा खेलाडी र उच्च स्तरीय प्रतिनिधिमण्डल पठाउने प्रस्ताव गरेको थियो । दक्षिण कोरियाले विछोडिएका परिवारको पुनर्मिलन गराउनुपर्ने प्रस्ताव राखेको थियो । उत्तर र दक्षिण कोरियामा लाखौं आफन्त विछोडिएको अनुमान गरिएको छ ।
उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्य गर्नका लागि छलफल गर्न तयार भएका छन् । दुई कोरियाबिच मंगलबार बिहान पछिल्लो दुई वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता भएपछि दुई कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि वार्तामा बस्न तयार भएका हुन् ।
उच्चस्तरीय वार्तामा उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली पठाउन सहमत भएको थियो । दुई कोरियाका अधिकारीबिच दुई वर्षअघि बन्द गरिएको सैन्य हटलाई फेरि सुरु गर्ने सहमति पनि भएको दक्षिण कोरिया सरकारले जनाएको छ ।
तर उत्तर कोरियाका अधिकारी भने परमाणु रहित बन्ने वा सीमा क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने कुरामा भने सकारात्मक देखिएको छैन । संयुक्त राष्ट्रसंघले दुई कोरियाबिच भएको छलफलको स्वागत गरेको छ । यस्तै अमेरिकी विदेश मन्त्रालयका अधिकारी भने दक्षिण कोरियाका अधिकारीसँग विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताले उसमाथि लाग्दै आएको प्रतिबन्ध उल्लंघन हुने नहुने विषयमा परामर्शमा छ । 

 

Comment

Related News