• आज : Friday 19 January 2018
    5:26:25 NST

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

काठमाडौं, २६ पुस । इंग्लिश फुटबल लिग (इएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी विजयी भएको छ । मंगलबार राति भएको पहिलो लेगमा म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई २ – १ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । म्यानचेस्टर सिटीलाई जित दिलाउन केभिन डी ब्रुने र सर्जियो अग्युरोले समान एक एक गोल गरे ।  ब्रिस्टोलको रोब्बी रेइडले एक गोल गरेका थिए ।
इदिहाद स्टेडियममा पहिलो हाफको ४४ औं मिनेटमा रेइडले गोल गर्दै ब्रिस्टोललाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा म्यानचेस्टर सिटी खेलमा फर्कियो । खेलको ५५ औं मिनेटमा ब्रुनेले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसपछि सिटीको जितमा नायक बने अग्युरो । खेलको इन्जुरी समयमा अग्युरोले गोल गर्दै सिटीलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।
पहिलो लेग जितेसँगै सिटीले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । तर, सिटीले दोस्रो लेग खेलमा आफु अनुकुल नतिजा निकाल्नु पर्ने हुन्छ । यता, च्याम्पियनसिप क्लब ब्रिस्टोललाई फाइनलमा पुग्न दोस्रो लेगमा फराकिलो जित निकाल्नु आवश्यक रहेको छ । दोस्रो लेग ब्रिस्टोलको मैदानमा जनवरी २३ मा हुने छ ।

Comment

Related News