• आज : Saturday 21 April 2018
    3:21:03 NST

चितवनका व्यवसायीद्वारा बारामा न्यानो कपडा वितरण

बारा, २६ पुस । चितवनका व्यवसायीहरुले बाराका चेपाङ र मुसहर बस्तीका शितलहर पीडितलाई न्यानो कपडा वितरण गरेका छन । 
चितवन पर्सा बजारका व्यवसायीहरुले बाराका चेपाङ र मुसहर बस्तीका शितलहर पीडितलाई करिव १० लाख रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेका हुन । बाराको निजगढ नगरपालिकास्थित भत्तलाल र कोल्हवी नगरपालिकाका बगीवाहस्थित विपन्न मुसहर बस्तीमा चितवनका व्यवसायीहरुले ब्ल्याङ्केट, स्वेटर, पछयौरालगायतका न्यानो कपडा वितरण गरेका छन । 
पीडितलाई राहत दिन न्यानो कपडा वितरण गरिएको न्यानो कपडा वितरण कार्यक्रमका सयोजक अर्जुन लम्सालले जानकारी दिनु भयो । केही दिनयता तराईका विभिन्न जिल्लामा शितलहरका कारण ज्यानै जान थालेपछि चितवनका व्यवसायीहरुले पनि राहतका लागि न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेका हुन । यसैबीच नवलपरासीको मध्यविन्दु नगरपालिका १२  मा चिसोले कठ्याङ्ग्रीएर ८२ वर्षका यमबहादुर ठाडा मगरको मृत्यु भएको छ ।
 

Comment

Related News