• आज : Wednesday 17 January 2018
    10:55:51 NST

चिनियाँ सैन्य गतिबिधि विरुद्ध फिलिपिन्स

फिलिपिन्स, २६ पुस । दक्षिण चीनिया सागरस्थित कृतिम टापुमा चीनले सैन्य गतिबिधि बढाएको भन्दै फिलिपिन्स सरकारले कुटनीतिक बिरोधको चेतावनि दिएको छ । 
बिभिन्न मुलुकले आफ्नो अधिन रहेको दाबी गर्दै आएको बिबादास्पद दक्षिण चीनिया सागरस्थित टापुमा चीनले हवाइ शिवीर बनाइ रहेको छ । यसको विश्वमञ्चमै कुटनीतिक रुपमा बिरोध गर्नेे फिलिपिन्सका रक्षामन्त्री डेल्फीन लोरेन्जनाले चेतावनी दिएका हुन् । 
दक्षिणी चिनीया सागरको उक्त विवादित क्षेत्रमा चीन, फिलीपिन्स, भीयतनाम, इण्डोनेशीया, ब्रुनाइ, लगायतका मुलुकले आफ्नो दाबी गर्दै आएका छन् । चीनले उक्त टापुमा सैन्य गतिविधि नगर्ने सहमति उल्लङ्घन गरेको भन्दै फिलिपिन्स सरकारले आलोचना गरेको हो । चीनले हवाइ शीवीर खडा गरि हतियारसहित सेना परिचालन गर्ने तयारी गरिरहेको छ । अमेरिकाले पनि दक्षिण चीनिया सागरमा चीनले गर्ने सैन्य गतिबिधिले स्वतन्त्र ब्यापार मार्गमा अबरोध पुग्ने भन्दै आलोचना गर्दै आएको छ ।
 

Comment

Related News