• आज : Saturday 21 April 2018
    3:17:51 NST

खप्तड गोल्डकपः आजबाट क्वार्टरफाइनलका खेल हुँदै

धनगढी, २६ पुस । धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत आजबाट क्वार्टरफाइनलका खेल शुरु हुने भएका छन् । पहिलो क्वार्टरफाइनल खेल बुधवार विभागीय टोली एपीएफ र सङ्कटाबीच हुने छ । यसअघि हिजो भएको खेलका जित हात पार्दै अग्नी रुपन्देही–११ ले डुक स्टार भुटानलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेसँगै अन्ति ८ मा पुग्ने टोलीका टुंगो लागेको थियो । 
धनगढीस्थित क्षेत्रीय रङ्गशालामा डुक स्टार विरुद्ध कठिन जित हात पार्दै रुपन्देही क्वार्टरफाइनलमा प्रवेश गरेको हो । रुपन्देहीको जितमा अमर डङ्गोलले पहिलो हाफको २२ र ३८औं मिनेटमा दुई गोल गरेर म्यान अफ दी म्याच घोषित भइ १० हजार नगद पुरस्कार हात पारे । रुपन्देहीका लागि दोस्रो हाफको ६९औं मिनेटमा मनिष थापाले गोल थपेका थिए । पहिलो हाफमा गोल बिहीन खेलेको डुक स्टारले दोस्रो हाफमा दुई गोल फर्काएर खेललाई रोमाञ्चक मोडमा पु¥याउन सफल बन्यो । 
डुक स्टारका लागि दोस्रो हाफको ५८औं मिनेटमा किङ्गा रग्वे र अतिरिक्त समयमा येशी दोर्जीले एक एक गोल गरेका थिए । रुपन्देहीका खेलाडी गौतम श्रेष्ठको गल्तीका कारण खेललाई बराबरी अवस्थामा पु¥याउन पाएको मौकामा डुक स्टार चुकेको थियो । श्रेष्ठले डी एरियामा डुक स्टारका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए । तर, डुक स्टारका केजङ् वाङ्डीको प्रहारलाई रुपन्देहीका गोलकिपर सुजित गुरुङले विफल पारे । 
 

Comment

Related News