• आज : Wednesday 17 January 2018
    3:04:45 NST

अवकाश प्राप्त आर्मीः ‘शेरबहादुर’ !

काठमाडौं, २६ पुस । चलचित्र ‘शेरबहादुर’मा अवकाश प्राप्त आर्मीको कथामा आधारित रहेर निर्माण गरिएको छ । सन्की मान्छेको कथामा निर्माण भएको फिल्म शेरबहादुर माघमा रिलिज गर्ने निर्माण युनिटले तयारी गरेको छ ।
अवकाश प्राप्त एक आर्मी को कथामा यो फिल्म रुमलिएको छ । निडर, सन्की र बलियो पात्र शेरबहादुर फिल्मको मूख्य पात्र हो । शेरबहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ । कलाकार सुनिल थापा फिल्मको मूख्य पात्रमा देखिएका छन् । फिल्ममा सुनिलको अलवा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भुमिका रहेको छ । एक्शन, रोमान्स, ड्रामा समावेस फिल्मप्रति निर्माण पक्ष अपेक्षित छन् । आउँदो माघ १९ गते नै फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मका निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेका छन् । फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाएएको छ । 
यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । त्यसका लागि सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । 
 

Comment

Related News