• आज : Wednesday 17 January 2018
    3:04:52 NST

केदार र रोजनको पाँचौ प्रोजेक्ट ‘फाइट क्लब’ चाँडै

काठमाडौं, २६ पुस । नेपाली बक्स अफिसमा निर्माता तथा नायक केदार ढुंगाना र रोजन रखालको जोडी जमेको छ । उनीहरुले निरन्तर पाँच वटा चलचित्रमा सहकार्य गरिसकेका छन् । उनीहरुकै सहकार्यमा निर्माण भएको पछिल्लो चलचित्र फाइट क्लब प्रदर्शनको प्रखाइमा रहेको छ । चलचित्रको सम्पूर्ण छायांकन सकेर प्राविधिक काम धमाधम भइरको छ भने चलचित्र युनिट भने प्रचार प्रसारमा व्यस्त हुन थालेको छ । 
यसभन्दा अगाडि केदार र रोजनले निर्माण तथा अभिनय गरेका चलचित्र, द ट्रयाप, अन्डर नाइन्टिन र अन्य दुई चलचित्र प्रदर्शन भइसकेका छन् । उनीहरुले निर्माण गरेका सबै चलचित्रहरु बक्स अफिसमा व्यवसायिक रुपमा नोक्सानी व्यहोरे पनि सहकार्य भने कसिलो बनेको छ । उनीहरुमा देखिएको सहकार्यले चलचित्र क्षेत्रमा उदाहरण समेत बनेको छ । चलचित्रले नाफा नकमाएपछि उनीहरुको सम्बन्धमा चिसोपन आउने चलचित्र बजारमा हल्ला चलाइए पनि वास्तविकतामा भने उनीहरुले सम्बन्ध झन दीगो बनाएका छन् । पछिल्लो चलचित्रबाट सफलता पाउने आशा राखेका उनीहरुले यसपछि पनि सहकार्य जारी रहेने बताएका छन् । 
केही बर्ष अगाडि देखि नेपाली सिनेमा जगतमा संगै सहकार्य गर्दै काम गरी आएको यो जोडीले केही समय अघि अन्डर नाएन्टीन नामक चलचित्र लिएर दर्शकमाझ आएका थिए । उक्त चलचित्रले सन्तोषजनक व्यापार गरेको निर्माता केदार ढुंगानाले बताएका थिए । यी दुईको अभिनय तथा केदार ढुंगानाको निर्माण रहेको चलचित्र फाइट क्लबको पोष्टर सार्वजानिक भएको छ । द्वन्द्वलाई चलचित्रमा विशेष रुपले उठाइएको उक्त चलचित्रका प्रमुख पात्र समेत रहेका केदार ढुंगानाले बताएका छन् ।
टिकाराम रखाल मगरको कथा रहेको उक्त चलचित्रलाई जनक गुरुङले निर्देशन गरेका हुन् । हिमाल मल्ल र रोजनको प्रस्तुती रहेको फिल्म फाईट क्लबले केही दिनमा चलचित्रको प्रदर्शन मिति औपचारिक रुपमा घोषणा गर्ने भएको छ । 
 

Comment

Related News