• आज : Wednesday 17 January 2018
    3:05:05 NST

‘सुपर प्लस साइज मोडल’ को बन्ला ?

काठमडौं, २६ पुस । ओमनिया द हिडन ब्यूटीको प्रस्तुतीमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ब्यबस्थापनमा हुन गइरहेको ‘सुपर प्लस साईज मोडल नेपाल’ सौन्दर्य प्रतियोगिताको ग्रुमिङ  तथा ट्रेनिङ शुरु भएको छ ।
यस सौन्दर्य प्रतियोगितामा अविबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन् । यो प्रतियोगिता मार्फत प्लस साइज (मोटोपन) को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधँै पछि परेका तथा आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराइरहेका महिलाहरुको क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्य प्रतियोगिताको आयोजना गरिएको हो । 
प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरले सहभागीलाई प्रशिक्षण दिने छन् ।  प्रशिक्षणको क्रममा प्रतिस्पर्र्धीहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधिमा समेत सहभागी गराइने आयोजक डेभिल सिंह राजपुतले बताए । 
 

Comment

Related News