• आज : Saturday 21 April 2018
    3:20:05 NST

अप्राकृतिक रुपमा सिमेन्ट र फलामको मूल्यवृद्धि

 
इटहरी, २५  पुस  ।  इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा  अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएको आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको रड उत्पादक उद्योगीले दैनिक जसो सिमेन्ट र फलामे रडको अप्राकृतिक रुपमा मूल्य बढाएर आम उपभोक्तामाथि चरम अन्याय गर्दै आएकाले अब इटहरीमात्र होइन देशभर नै त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।

Comment

Related News