• आज : Wednesday 17 January 2018
    10:54:57 NST

महिलाहरूका लागि साउदीको रंगशाला खुल्ला गरिने

रियाद,  २५ पुस । साउदीको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ । फुटबल प्रतियोगिता हेर्नका लागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ ।
“साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिश्पर्धा हुन लागेको छ,” सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
महिलाहरु त्यसपछि हुने दोस्रो खेल र जनवरी १८ मा हुने तेस्रो खेल हेर्न पनि रंगशालामा जान पाउने मन्त्रालयले जनाएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरूले नयाँ स्वतन्त्रताको पहिलो पटक फाइदा उठाउन पाउने भएका छन् ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुन लागेको हो । साउदी अरब कतिपय विषयमा महिलाका लागि विश्वमै सवैभन्दा धेरै अनुदार मुलुक मानिन्छ ।

Comment

Related News